गोकुलगंगा गाउँपालिकाले ६ महिनामा २०.२८ प्रतिशत खर्च गर्‍यो, पुँजीगत तर्फ ६.५९ प्रतिशत मात्रै खर्च, यस्तो छ प्रगति विवरण (पूर्णपाठ)

| पुस २८, २०७९ बिहिबार

A A A
A A A

२८ पुस, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा २०‌.२८ प्रतिशत खर्च गरेको छ । वडा(वडामै पुगेर ८० प्रतिशत भन्दा बढी आयोजना तथा कार्यक्रमहरू सम्झौता गरेको यस पालिकाले बजेट खर्च भने न्यून मात्रै गरेको हो ।

 

जसमा चालु तर्फ ३३.९८ प्रतिशत अर्थात् ११ करोड ५१ लाख २८ हजार ८३२.२४ रुपैयाँ खर्च गरेको हो । यो अवधिमा पालिकाले ३३ करोड ८७ लाख ८० हजार खर्च गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्य अनुसारको खर्च गर्ने भने पालिका असफल भएको छ । 

 

त्यस्तै पुँजीगत तर्फ पालिकाले ६.५९ प्रतिशत खर्च गरेको छ । जुन ३१ करोड २१ लाख ६६ हजार खर्च गर्ने लक्ष्य राखेको पालिकाले २,०५,९२,९५४.७१ मात्रै खर्च गरेको हो । बुधवार पालिकाको सभा हल रस्नालुमा आयोजित हिउँदे अधिवेशनमा गत वर्षको विनियोजित नीति तथा कार्यक्रमको समीक्षा, चालु आर्थिक वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रमको अर्धवार्षिक प्रगतिको समीक्षा पनि गरिएको छ । 

 

त्यस्तै पालिकाले विभिन्न विधेयक तथा ऐनहरू माथि छलफल, गत आर्थिक वर्षमा गाउँपालिकामा देखिएको बेरुजु रकमको असुल्ने लगायतका विषयहरू माथि छलफल गर्दै पालिकाले गाउँ सभा सम्पन्न भएको गरेको हो । 

 

सभाका अध्यक्ष एवं गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले गत आर्थिक वर्षमा भएको चालु तथा पुँजीगत खर्चको विवरण प्रस्तुत गर्दै चालु र पुँजीगत गरी ६० करोड ८७ लाख ६३ हजार २० रुपैयाँ खर्च भएको तथ्याङ्क सार्वजनिक गरे । 

काजीबहादुर खड्का (दिनेश), पालिका अध्यक्ष

त्यस्तै अध्यक्ष खड्काले चालु आर्थिक वर्षका लागि विनियोजित नीति तथा कार्यक्रम र ६ महिनाको अवधिमा भएको खर्च विवरण समेत प्रस्तुत गरेका छन् ।

 

अध्यक्षले खड्काले आफूहरू निर्वाचित भएर आएपछि दुई ठुला चाड पर्व, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लगायतका कारण आर्थिक वर्ष २०७९÷०८० को लागि विनियोजित नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या आएको बताए ।

 

उपाध्यक्ष उषादेवी कार्कीले आर्थिक वर्ष २०७९÷०८० को लागि विनियोजित नीति तथा कार्यक्रम सहित बजेटमा केही परिमार्जन सहित संशोधनको लागि सभामा पेस गरिन् । 

 

उपाध्यक्ष कार्कीले प्रस्तुत गरेको विवरण यस्तो छ । 


स्रोत पालिका । 

गाउँभाका सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले चालु आर्थिक वर्षको लागि विनियोजित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको लागि अहिले द्रुत गतिमा काम भइरहेको बताएका छन् । उनले चालु आर्थिक वर्षका लागि विनियोजित विभिन्न योजनाहरूलाई चाँडै सम्पन्न गराउनको लागि वडा–वडामै पुगेर सम्झौता गरेर कार्यान्वयनलाई सहज बनाइएको पनि बताए ।

प्रगति विवरण ।