धोबीमा पुरुषको शव भेटियो, हत्या आशङ्कामा तामाङ प्रहरी नियन्त्रणमा, जाहेरी दर्ता गर्न नमानेपछि प्रहरीमा दबाब

| पुस २९, २०७९ शुक्रबार

सांकेतिक तस्विर ।
A A A
A A A

२९ पुस, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाको केन्द्र धोबीमा एक पुरुषको शव भेटिएको छ । हत्या आशङ्कामा धोबी प्रहरी चौकीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

 

बिहीबार धोबी स्थित इलाका प्रहरी चौकीबाट अन्दाजी एक किलो मिटरको दूरीमा सोही पालिको वडा नं ५ धोबी डाँडामा बस्ने अन्दाजी ४५÷४६ वर्षीय गणेश नेपालीको शव भेटिएको धोबी प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

मृत भेटिएको शवको पहिचान पनि आफन्तजनले गरिसकेका हुन्, जिल्ला प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई भने । 

 

उनका अनुसार शवको पहिचान भएर पोस्ट माट्मको लागि जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा ल्याइएको छ । तर, पोस्ट मार्टम भएको छैन । '१० नबजी पोस्टमार्टम हुँदैन, जाहेरी लेखिएको छ, त्यो पनि शब्दहरू अलि लेख्न नमिल्ने देखियो त्यसैले आज दर्ता हुन्छ । 

अन्दाजी ४ : ३० बजेको समयमा नेपाली आफ्नो घरदेखि सात सय मिटर पर सडक छेउमा अर्धनग्न उत्तानो अवस्थामा मृत भेटिएका थिए । यसरी मृत भेटिएका नेपालीको शरीरमा केही घिसारेको जस्तो दाग देखिएको थियो । 

 

यद्दयपी घटनाको प्रकृति हेर्दा नेपालीको कालगतीले ज्यान गएको हुन सक्ने जस्तो देखिने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । तर, केही मृतकका आफन्तले भने उनको हत्या गरिएको जिकिर गर्दै प्रहरीमा जाहेरी दिन खोजेका थिए । प्रहरीले भने, जाहेरीका केही शब्दहरू सच्चाउनु पर्ने भन्दै दर्ता नगरेको सूचना अधिकारी राजु प्रसाद ढकालले बताए । 

 

‘शब्दहरू केही अलि लेख्न नमिल्ने लेखिएको थियो । सच्याएर ल्याउन भनेका हौँ । दर्ता हुन्छ । तर, प्रहरीले दर्ता गरेन भनेर हामीलाई दबाब पनि भएको छ । दबाब दिने विषय नै छैन । दर्ता हुन्छ । तर, घटना हेर्दा कालगती ले ज्यान गएको जस्तो देखिन्छ उनले भने ।’

 

स्रोतका अनुसार नेपाली मादक पदार्थ सेवन गरेर यहीकै डुल्दै हिँड्ने गर्थे । तर, बिहीबार बिहान उनीसँगै (नाम परिवर्तित तामाङ) पनि उनीसँगै देखिएका थिए । नेपाली र तामाङबिच केही लफडा परेको र तामाङले नेपालीलाई २ झापड हिर्काएको खुल्न आएको छ । यसैले धेरैले तामाङले उनको हत्या गरेको आशङ्का गरेका छन् ।  

 

पोस्ट माट्म रिपोर्ट अनुसार हामी के आउँछ, त्यो हेरेर अगाडि बढ्छौँ । स्रोतका अनुसार प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफन्ताहरु आक्रोशित भएका हुन् । 

 

धोबी प्रहरीले आशंका गरेका तामाङ्लाई पनि नियन्त्रणमा लिएको छ ।