गुम्देलमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु, बाइक रेस पनि हुने

| पुस २९, २०७९ शुक्रबार

A A A
A A A

२९ पुस, रामेछाप । उमाकुण्ड गाउँपालिका १ गुम्देलमा तीन दिने वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । 


साविककाे वडा नं ४ स्थित वडा कार्यालय परिसरमा सनसाईन युवा कल्बकाे आयाेजनामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको स्थानीय एव आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार वडा अध्यक्ष ङातिण्डु शेर्पाले प्रतियोगिता उद्घाटन गर्दै यस्ता प्रतियोगिताले युवाहरुमा रहेकाे प्रतिभा बाहिर आउने बताए । अध्यक्ष शेर्पाले खेलकुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म देशकाे र आफ्नो पहिचान बनाउन सकिने बताए । 


पालिका भित्रका ७ वडालाई लक्षित गरि आयाेजित प्रतियोगितामा वडा नं १ गुम्देलका ३ टिम, साविककाे १ नम्बर लाछेवरबाट १ टिम, २ नम्बर बाम्तिभण्डारबाट २ टिम र ३ नं कुँबुँकास्थलिबाट १ टिमकाे सहभागीता रहेकाे छ । 


माघ १ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी र  मेडल प्राप्त गर्ने छ।


त्यस्तै दाेस्राे हुने टिमले नगद ३३ हजार ३ सय ३३ र तेस्रो हुने टिमले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफी र मेडल पाउने छन् । खेलकाे दाेस्राे दिन नयाँ खेलकाे रुपमा दुईवटा खेलाउन लागेकाे बस्नेत बताए  । 

 

उनका अनुसार शनिबार युवाहरुलाई सहभागी गराएर ‘बाईक रेस’ गर्ने तयारी छ । ‘यो नयाँ खेल खेलाउन लागेका हौं । सहभागी कति हुन्छन् भोलीनै थाहा हुन्छ । त्यस्तै अन्य रोमाञ्चक खेल खेलाउने प्रयास गर्दै छौ ।’