उमाकुण्ड गाउँपालिकाले तोक्यो पालिका भित्र खरिद,बिक्री मूल्यः एटेज बाथरुम सहितको कोठामा एक रात सुतेको ५ सय,मासु, दग्ध जन्य पदार्थ र कृषि सामाग्रीको मूल्य यस्तो छ (सूचीसहित)

| पुस ३०, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

३० पुस, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले पालिका भित्र खरिद, बिक्री हुने सामाग्रीको मूल्य सूची तोकेको छ । यो मूल्य सूची आउँदो माघ १ गते आइतबार भोली देखि लागू हुने छ  

 

पालिकाभित्रका सरोकारवालासँग छलफल गरी कार्यपालिका बैठकबाट स्वीकृत गरेर गाउँपालिकाले मूल्य सूची तोकेको पालिकाले जनाएको छ।

 

वडा नं १ गुम्देल देखि वडा नं ७ भुजी सम्मका सरोकारवालाहरुसंग छलफल गरेर गाउँपालिकाले होटेल, व्यवसाय र मासु जन्य वस्तुहरू, दग्ध जन्य पदार्थ र कृषि उपज उत्पादनको मूल्य तोकेको हो । 

 

पालिकाभित्र सञ्चालित पसल तथा होटलहरुमा मनलाग्दी रूपमा रकम लिने गरेको गुनासो पछि पालिकाले ध्यानाकर्षण जनाउँदै मूल्य सूचीमा एक रुपतता ल्याउने उद्देश्यले मूल्य तोकिएको गाउँपालिको हो । 

 

अब ग्राहकले होटेलमा एक रात सुतेको (एटेज बाथरुम सहित) डबल कोठाको रु पाँच सय तिर्नु पर्ने भएको छ । भने सिङ्गलमा सात सय तिर्नु पर्ने छ । 

 

त्यस्तै सादा खानाको १५० रुपैयाँ, ढिँडो च्याँख्ला (सादा) खानाको १५० नै तिर्नु पर्ने छ । 

 

कुन सामानलाई कति रुपैयाँ मूल्य हेर्नुहोस् ?

स्रोत गाउँपालिका