खाँडादेवी गाउँपालिकाको गाउँ सभाः वडा नं २ को कार्यालय सार्ने र ७ सात जना नगर प्रहरी नियुक्ति गर्ने सहित यस्ता छन् निर्णयहरू ?

| माघ १, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

१ माघ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका १२ औँ ९ हिउँदे गाउँ सभा सम्पन्न भएको छ । शनिवार गाउँपालिकाको सभा हलमा चालु आर्थिक वर्षको १७ वटा प्रस्तावहरू माथि छलफल, आगामी आर्थिक वर्ष २०८०÷०८१ मा बजेट माग गर्नका लागि प्रदेश सरकार र केन्द्र सरकारका लागि उल्लेखित योजनाहरू माग र तत्कालीन पालिकाको काम, कारबाहीका विषयमा छलफल तथा निर्णय गर्दै सभा सकिएको हो । 

 

बैठकले विभिन्न १७ बुँदे निर्णय पनि गरेको छ । गाउँ सभा पछि जारी गरिएको निर्णयमा पालिकाले वडा नं २ मझुवाको वडा कार्यालय स्थानान्तरण गर्ने भएको छ । हाल वडा नं २ को कार्यालय साबिक मझुवा गा.वि.स. वडा नं ५ कोलडाँडामा रहेको छ । तर, सो ठाउँ वडावासीको लागि अपायक परेको भन्दै सार्ने निर्णय गरेको हो । 

 

अब सो वडा कार्यालय साबिक मझुवा र कुरन्थली आस÷पास स्थायी रूपले राख्ने निर्णय गरेको उल्लेख छ । त्यस्तै बैठकले सभा पश्चात् भए गरेका कार्यहरूको समीक्षा सन्तोष जनको रहेको निर्णय गरेको छ । 

 

सङ्घ, प्रदेश र स्थानीय तहबाट भए गरेका अनुगमनबाट प्राप्त सुझाव आत्मसात् गर्दै आवश्यकता अनुसार कार्य गर्ने निर्णय गर्दै यो पालिकाले कार्य सम्पादनलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन बढीमा (७) सात जना नगर प्रहरी नियुक्ति गर्ने निर्णय गरेको छ । 

 

निर्णयहरू हेर्नुहोस् 

स्रोत गाउँपालिका ।