खाँडादेवी गाउँ सभाः जग्गाको कित्ताकाट फुकुवा, यी सडक हुँदै छन् कालोपत्रे र स्तरउन्नती

| माघ १, २०७९ आइतबार

खाँडादेवी गाउँपालिका स्थित एक सडक, तस्बिर फाइल ।
A A A
A A A

१ माघ, रामेछाप । रामेछाप खाँडादेवी गाउँपालिकाले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ । 

 

शनिवार सम्पन्न १२ औँ गाउँ सभाले पालिका भित्र जग्गाको कित्ता काट फुकुवा गरी प्रशासनिक कार्यको सहजीकरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको हो । 

 

त्यस्तै गाउँपालिका अन्तर्गत कार्यरत सम्पूर्ण सेवा करार कर्मचारीहरूलाई आवश्यकता अनुसार हेरफेर तथा म्याद थप गर्ने पनि निर्णय गरेको छ । 

 

सङ्घीय सरकार र प्रदेश सकारसँग माग गरिने योजनाहरू कार्यपालिकाबाट निर्णय गरी कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्दै पालिकालाई समृद्ध बनाउने योजना अगाडि सारेको हो । 

 

त्यस्तै पालिकाले खैरेनीघाट–राकाथुम–गाल्बा–दोरम्बा शैलुङ् जाने सडक कालोपत्रे योजना, कोथबे, मनिडाडा वडा कार्यालय चाप बोट–मझुवा जाने सड‌क स्तर उन्नति, फूलपाती–पोखरी–पिपलटार–धारापानी–ढलिनखोर सड‌कको स्तर उन्नति र गोपी खोला खानी गाउँमा सरकारी कुलो निर्माण पारित गरेको छ । 

पालिकाभित्रका पर्यटकीय क्षेत्र विश्वामित्र गुफा संरक्षण बजेट र र थुव‌तेने ताकुब रिगपिलिङ गुम्बा निर्माण सम्पन्न गर्न योजना माग गर्ने पनि सभाले प्रस्ताव पारित गरेको छ ।