खाँडादेवी गाउँपालिकाले ५ वर्षसम्म एउटै विद्यालयमा पढाएका शिक्षकलाई सरुवा गर्ने

| माघ १, २०७९ आइतबार

विद्यालय, फाइल तस्बिर ।
A A A
A A A

१ माघ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले कम्तीमा ५ वर्ष एउटै विद्यालयमा पढाएका शिक्षकहरूको सरुवा गर्ने भएको छ । 

 

शैक्षिक गुणस्तर सुधारका लागि भन्दै गाउँपालिकाका अन्य विद्यालयमा अनिवार्य सरुवा गर्नुका साथै शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक रहेमा जुनसुकै बेला पनि सरुवा गर्न सक्ने निर्णय समेत शनिवार बसेको १२ औँ गाउँ सभाले पारित गरेको हो । 

 

 

यो सँगै लामो समयदेखि एकै विद्यालयमा पढाउँदै आएका शिक्षकहरूको पालिकाले जुनसुकै बेला पालिकाभित्र जहाँ पनि पठाउन् सक्ने भएको छ । पालिकामा ९ वटा वडा रहेका छन् ।