खाँडादेवी गाउँपालिकाले एकीकृत नमुना बस्ती व्यवस्थापन गर्ने

| माघ १, २०७९ आइतबार

A A A
A A A

१ माघ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले एकीकृत नमुना बस्ती व्यवस्थापन गर्ने भएको छ । 

 

गत आर्थिक वर्ष २०७६÷७७ मा बागमती प्रदेश र खाँडादेवी गाउँपालिकाको साझेदारीमा निर्माण गरिएको सो बस्ती अहिले प्रयोग विहीन अवस्थामा छ । जसलाई नियमानुसार प्रक्रिया पुरा गरी मुआब्जा व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारलाई अनुरोध शनिवार सम्पन्न गाउँ सभाले निर्णय गरेको पालिकाले जनाएको छ । 

 

त्यस्तै पालिकामा सञ्चालित योजना, कार्यक्रमहरूको कानुन अनुसार रकमान्तर गर्न सक्ने रकम कार्यापालिकाद्धारा गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गरेको छ । 

 

डग्युर सम्तेलिङ गुम्बाको कार्य प्रगतिलाई हेर्दा निर्धारित समयमा सकिने सम्भावना नदेखिएको निष्कर्ष निकाल्दै म्याद थपका गर्ने, ढुङ्गा, गिट्टी र बालुवा (दहत्तर बहत्तर) दोस्रो पटक १५ दिने सूचना निकाल्दा पनि ठेक्का नलागेकाले तेस्रो पटक सूचना प्रकाशित नगरी अमानतबाट राजश्व सङ्कलन गर्ने निर्णय गरेको छ । 

 

राजश्व परामर्श समितिको निर्णय अनुसार पेस भएको आर्थिक ऐन, २०७९ संशोधन स्वीकृत गरेको छ । भने, स्थानीय पाठ्यक्रम कक्षा ९६–८० निर्माणको क्रममा रहेकोले शैक्षिक सत्र २०८०÷०८१ देखि कार्यपालिकाले निर्णय गरी लागु गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गरेको छ । 

 

त्यस्तै पालिकाको आवधिक योजना ९२०७६÷०७७० २०८०÷०८१०  को मध्यम कालिन मूल्याङ्कन गर्ने, मध्यम कालिन खर्च संरचना (एमटिइएफ) स्वीकृत गरेको छ । 

 

त्यस्तै कार्यपालिकाको निर्णय र पालिका अध्यक्षले गरेको आदेशको आधारमा विनियोजित बजेटहरूलाई वैधानिकता प्रधान गर्ने, वडा नं ३ आँपचौरको सानो चौरमा रहेको पशुपति मन्दिर निर्माण समितिलाई प्राविधिकको पुनः मूल्याङ्कनको आधार मानेर भुक्तानी दिने निर्णय समेत गरेको छ । 

 

गाउँपालिकामा रहेको बेरुजु फर्छ्योट गर्नको लागि लेखा समितिले प्रदान गरेको प्रतिवेदनको आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।