रामेछापमा आजदेखि पहिलो पटक प्रदेश स्तरीय भलिबल प्रतियोगिता, पूर्व मन्त्री विष्टले उद्घाटन गर्ने

| माघ ४, २०७९ बुधबार

मंगलबार आयोजकले गरेको पत्रकार भेटघाट । तस्बिर नवीन के.सी/रामेछाप टाइम्स
A A A
A A A

४ माघ, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा आज बुधवार देखी बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ । खेल एमाले सचिव एवं पूर्व मन्त्री गोकर्ण विष्टले उद्घाटन गर्ने आयोजकले जनाएको छ । 

 

मङ्गलवार साँझ सदरमुकाम मन्थलीमा पत्रकार भेटघाट गर्दै आयोजक नेपाल खेलकुद महासङ्घ बागमती प्रदेश कमिटीले जनाएको छ । प्रतिनिधि सभाका सांसद एवं एमाले सचिव विष्टले उद्घाटन गर्ने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले भनेको छ ।

 

यस अगाडि एमाले निकट पत्रकार प्रेस चौतारी रामेछापले खेल उद्घाटन गर्न आउने सांसद विष्टसंग पत्रकार भेटघाट गर्ने तयारी रहेको चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी  दिए । 

 

प्रदेशका १३ जिल्लाका खेलाडीले सहभागी जनाएको यो प्रतियोगितामा बाहिरी जिल्लाका खेलाडीले सहभागिता जनाउन नपाउने बागमती प्रदेश कमिटीका सह इन्चार्ज समेत रहेका रामेछाप मन्थलीका उज्ज्वल सुबेदीले जानकारी दिए । 

 

आज देखि सुरु भएको प्रतियोगिता आउँदो माघ ७ गते सम्म चल्ने छ । प्रथम हुनेले नगद २ लाख, द्वितीय हुनेले १ लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । 

 

त्यस्तै तेस्रो हुने टिमले नगद ५० हजार र सान्त्वना हुनेले ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने भनिएको छ । 

 

त्यस्तै सहभागीहरूलाई सहभागिता बापत नगद २५ हजार उपलब्ध गराइने छ । प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता जिल्लामा पहिलो पटक हुन लागेको हो । 

 

आयोजकले यो खेल रामेछाप सहित विभिन्न जिल्लाबाट ३० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ ।