प्रदेश स्तरीय खेलको दोस्रो दिन : पहिलो खेल रामेछाप Vs चितवन, यी ६ टिम हुँदै छन् आमनेसामने (सूची)

| माघ ५, २०७९ बिहिबार

A A A
A A A

५ माघ, रामेछाप । हिजो बुधबारदेखि सुरु भएको बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा पहिलो दिन तीन खेल भएका छन् । 

 

नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घ बागमती प्रदेश कमिटीको आयोजनामा बागमती प्रदेशका १३ जिल्लाका ११ टिम सहभागी प्रतियोगितामा पहिलो दिन बुधवार रामेछापले काठमाडौँलाई सोझो सेटमा पराजित गरेको छ । 

 

त्यस्तै सिन्धुली र नुवाकोटबिच भएको दोस्रो खेलमा सिन्धुली विजयी भएको छ ।  बुधवारै भएको पहिलो दिनको अन्तिम खेलमा सिन्धुपाल्चोक विजयी भएको छ । 

 

 

आउँदो माघ ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको दोस्रो दिन बिहीबार बिहान ८ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । 

 

दोस्रो दिन पहिलो खेल रामेछाप–चितवन, नुवाकोट–धादिङ, सिन्धुपाल्चोक–दोलखा, काभ्रे–मकवानपुर, काठमाडौँ–चितवन र रसुवा–चितवनका खेलहरू हुने छन्। 

 

खेल मन्थली स्थित जिल्ला समन्वय समितिको पछाडि खेलाइँदै छ । आयोजकले सो खेल ३० हजार दर्शकले अवलोकन गर्ने दाबी गरेको छ। 

 

आज कुन-कुन खेल हुँदै छ हेर्नुहोस।