रामेछाप उद्योग वाणिज्य सङ्घको जिल्ला अधिवेशन फागुन २७ गते गर्ने निर्णय

| माघ ५, २०७९ बिहिबार

तस्बिर नवीन के‌सी/रामेछाप टाइम्स ।
A A A
A A A

५ माघ, रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घको आठौँ जिल्ला अधिवेशन आउँदो फागुनमा हुने भएको छ । योसँगै निजी क्षेत्रका व्यवसायीहरूमा निर्वाचनको चहलपहल पढेको छ ।

 

बिहीबार सङ्घको सचिवालयमा बसेको ३५ औँ बैठकले आउँदो फागुनको २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको सङ्घको सचिवालयले जनाएको छ । 

 

जिल्लाका व्यवसायीको हक,हितमा काम गर्दै आएको सङ्घको हाल केशव प्रसाद घिमिरे अध्यक्ष छन् । 

 

२०७६ साल माघ ५ गते भएको ७ औँ जिल्ला अधिवेशनबाट निर्वाचित  घिमिरेको अध्यक्षतामा ३ वर्षे कार्यकालको लागि १७ सदस्यीय पदाधिकारी निर्वाचित भएका थिए । 

 

आज बसेको बैठकले संघको अन्य विविध विषयमा छलफल भैरहेको छ ।