मन्थली नगरपालिकाले एक महिने कपडा र पोते बुन्ने तालिम दिने

| माघ ६, २०७९ शुक्रबार

फाइल फोटो ।
A A A
A A A

६ माघ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले एक महिने कपडा बुनाइ र पोते बुनाइ तालिम दिने भएको छ । महिलाहरूको लागि उद्यमी बनाउने उद्देश्यको साथ तालिम सञ्चालन गर्न लागेको नगरले जनाएको हो । 

 

नगरपालिकाको आ।ब। २०७९र०८० को सङ्घीय सशर्त अनुदानबाट महिला बालबालिका तथा समाज कल्याण शाखाबाट कार्यान्वयन हुने गरी विनियोजित बजेट र उद्यम विकास शाखा साझेदारीमा एक वडाबाट २(२ जना सहभागी हुने गरी २८ जनालाई सो तालिम दिन लागेको नगरले सूचना प्रकाशन गरी जानकारी दिएको छ । 

 

आज शुक्रवार सूचना जारी गर्दै नगरपालिकाले महिला उद्यमशीलता सहजीकरण केन्द्र कार्यान्वयन समितिको बैठकको निर्णय अनुसार प्रत्येक वडाबाट २र२ जना सहभागीलाई मन्थली १ मा तालिम दिने जनाएको हो । 

 

तालिम लिनको लागि सिप सिकेर उद्यमी बन्ने प्रतिबद्धता गर्नु पर्ने, आधारभूत तह उत्तीर्ण भएको हुनु पर्ने, नगर बासी भएको हुनु पर्ने लगायतका सर्त राखेको छ । 

 

सूचना हेर्नुहोस् ।