मन्थलीका व्यापारीले नगरपालिकालाई भने ‘सटर भाडा तिर्न गाह्रो भयो, व्यवासायिलाई प्रोत्साहन भन्दा धराशायी पर्ने काम भयो’ (पत्रसहित)

| माघ ६, २०७९ शुक्रबार

A A A
A A A

६ माघ, रामेछाप । रामेछापको सदरमुकाम स्थित मन्थलीमा व्यापार व्यवसायी गर्दै आएका व्यवसायीले निर्माणको कामले असर परेपछि मन्थली नगरपालिकाको ध्यानाकर्षण गरेका छन् । व्यवसायीहरुसंग कुनै छलफल नगरी भौतिक संरचना निर्माण, सडक मर्मत, सवारी पार्किङ लगाएको काम बाधा पर्ने गरी हुन थालेपछि व्यवसायीहरू नगरपालिका पुगेका हुन् । 

 

बिहीबार नगरपालिकाका मेयर लब श्रेष्ठको कार्यकक्षमा पुगेर उपप्रमुख ईश्वरी बस्नेत सहितलाई ध्यानाकर्षण गर्दै व्यवसायीहरूले कर मात्र असुल्ने र आफूहरूलाई पलाएन गर्ने नियत देखिएको भन्दै आक्रोश पोखेका छन् । साथै उनीहरूले आगामी दिनमा यो कार्य नसुध्रिए शान्ति पूर्ण सडक आन्दोलन गर्ने समेत चेतावनी नगरलाई दिएका छन् ।  

 

सानो÷तिनो व्यापार,व्यवसाय गर्दै आएका आफूहरूको पसल अगाडि सडक, सडक पेटी, पार्किङ, नाला, फुटपाथ व्यवस्थित नभएको अबगत गर्दै निर्माण गर्दा नगरले कुनै छलफल नै नगरी धमा-धम गर्न थालेकाले यसबाट व्यापारीलाई गम्भीर असर/बाधा पुगेको र व्यापारबाटै पलायन हुनु पर्ने अवस्था सिर्जना भएको व्यवसायीहरुले गुनासो गरेका हुन् । 

 

‘आर्थिक, मन्दीको कारण सटर भाडा समेत तिर्न नसक्ने,व्यापार,व्यवसाय धराशायी भइरहेको अवस्थामा व्यवसायीहरुसंग छलफल नगरी एका–एका नगरले व्यापारीहरूको हातमा पत्र थम्याउने काम भएको छ । यसमा हामी सबै व्यापारीको गम्भीर ध्यानाकर्षण भएको छ, जारी पत्रमा लेखिएको छ । 

 

नगरपालिकाले व्यवसायीलाई प्रोत्साहन दिनुको साटो उल्टै हतोत्साहित गर्ने र व्यवसायबाटै विस्थापित गर्ने मनसाय नगरको रहेको देखिएको पत्रमा लेखिएको छ । 

 

हाल मन्थली बजारमा ढल सफा गर्न भन्दै सडक डिभिजनले काम गर्दै छ । भने, काम थालेको महिना दिन बित्न लाग्दा पनि काम अलपत्र छ । यसले बजारमा आउने ग्राहक, यात्रुलाई समेत असर पुगेको छ । साथै बजारको व्यवस्थापनमा समेत बाधा पुगेको देखिन्छ । निर्माण सामाग्री यत्रतत्र राख्दा हिड्डूल गर्न समेत नसक्ने अवस्थाछ । यसले गर्दा कतिपय ग्राहक पसलमा छिर्ने पाउँदैनन् । 

 

केही हप्ता अगाडि मात्रै कालो पत्रे नै रहेको मन्थली बजार क्षेत्रको सडकमा कालो पत्रे थपिएको थियो । कतिपयले यसमा पनि नगरपालिकाको आलोचना गरेका थिए । 

 

ध्यानाकर्षण पत्र हेर्नुहोस्।