प्रदेश स्तरीय भलिबलको उपाधिको लागि आज रामेछाप र चितवन भिड्दै

| माघ ७, २०७९ शनिबार

A A A
A A A

७ माघ, रामेछाप । रामेछापमा गत बुधवारदेखि जारी बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा रामेछाप र चितवन फाइनलमा प्रवेश गरेका छन् । उनीहरू शनिवार आज १२ बजे आमनेसामने हुँदै छन् ।  

 

शुक्रवार भएको खेलमा प्रतिस्पर्धी टिमलाई पराजित गर्दै यी दुई टोलीले फाइनलमा भेट् पक्का गरेका हुन् । 

 

नेकपा एमाले निकट नेकोस वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि रामेछाप  र चितवनबिच प्रतिस्पर्धा हुने भएको हो ।

 

शुक्रवार भएको सेमिफाइनल खेलमा धादिङलाई २५–२३, २५–१४, २३–२५ र २५–१५ को रोमाञ्चक जित निकाल्दै रामेछाप फाइनल पुगेको हो । 

 

त्यस्तै सिन्धुपाल्चोकलाई २५–१५,२५–२१ र २५–१४ ले हराउँदै चितवनले फाइनल यात्रा तय गरेको हो । 

बागमती प्रदेशका १३ जिल्ला मध्ये ११ टिम सहभागी खेल लिक कम नक आउट ‘बेस्टप फाइभ’ सिस्टममा खेलाइने आयोजकले जनाएको हो । आज पहिलो खेल तेस्रो स्थानका लागि बिहान ८ः३० बजे धादिङ र सिन्धुपाल्चोक भिड्ने छन् । 

 

प्रतियोगिताको विजेता टोलीले दुई लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने छ । त्यस्तै दोस्रो हुने टिमले नगद एक लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । 

 

त्यस्तै तेस्रो हुने टिमले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो हुने टिमले नगद ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । 

 

यसैबिच आयोजकले खेलमा सहभागी टिमलाई नगद २५–२५ हजार प्रत्येक टिमलाई उपलब्ध गराउने जनाएको हो ।