प्रदेेश स्तरीय भलिबल खेलमा चितवन प्रथम, रामेछाप दाेस्राेे

| माघ ७, २०७९ शनिबार

A A A
A A A

७ माघ, रामेछाप । बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चितवन प्रथम भएको छ । उसले आयाेजक जिल्ला रामेछापलाई पराजित गर्दै उपाधि उचालेकाे हाे 

 

गत बुधबार देखि रामेछापको मन्थली भएको प्रदेश स्तरीय खेलका फाइनलमा रामेछापलाई पहिलो र दाेस्राे सेटको खेल २५-१८, २५-१८ ले जित्याे भने तेस्रो सेट २५-२३ ले पराजित गरेको हाे । 


राेमाञ्चक खेलमा पहिलो भएको चितवनले प्रथम पुरस्कार नगद २ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएकाे छ । पुरस्कार नेकपा एमालेका नेता एव पूर्व मन्त्री भानुभक्त ढकालले वितरण गरेका थिए । 


त्यस्तै रामेछापले दाेस्राे पुरस्कार नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएकाे छ । 


त्यस्तै तेस्रो भएको सिन्धुपाल्चोकल् नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएकाे छ । भनेे, सान्त्वना भएको धादिङले ३० हजार पाएकाे छ ।