२ दिने ‘फ्री’ लेजर प्रिन्टर सर्भिस क्याम्प तथा ‘एक्सचेन्ज’मा ३० जनाले लिए सेवा

| माघ ८, २०७९ सोमबार

A A A
A A A

९ माघ, रामेछाप । कम्प्युटर एसोसिएसन (क्यान महासङ्घ) रामेछापले सञ्चालन गरेको दुई दिने निःशुल्क लेजर प्रिन्टर सर्भिस क्याम्प तथा एक्सचेन्ज कार्यक्रममा करिब तीन दर्जनले सेवा लिएका छन् । 

 

गत शनिवार र आइतबार जिल्ला समन्वय समिति रामेछापको  प्रंगणमा प्यान्ट नेपाल न्यूरोडको सहकार्यमा भएको फ्री सर्भिसिङ क्याम्पमा आठ वटै स्थानीय तहबाट प्राविधिक सेवा सहितको ३० जनाले सेवा लिएको क्यान महासङ्घ रामेछापका सचिव विजय श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार सबै कम्पनी तथा मोडको प्रिन्टर, पुराना जुनसुकै कम्पनी तथा मोडेलका प्रिन्टरको उत्कृष्ट मूल्य सहित प्यान्टम कम्पनीको प्रिन्टरसँग सट्टापट्टा गरिएको थियो । 

 

पहिलो पटक आयोजित यो सेवा धेरै राम्रो भएको सेवा ग्राहीहरूको भनाई छ । 

जिल्ला शाखा रामेछापका अध्यक्ष नीरज सापकोटाका अनुसार १०० जना भन्दा बढीले क्याम्पको अवलोकन गरेका छन् । 

 

गत मंसिर १९ गते दोस्रो कार्यकालको  लागि (क्यान महासङ्घ) रामेछापको अध्यक्षमा दोहोरिएपछि सापकोटाको टिमले यो पहिलो सेवा मुखी कार्यक्रम गरेको हो ।