काठमाडौंमा विविध कारणले अलपत्र ४० बिद्यार्थीको निःशुल्क उद्धार

| जेठ ४, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०४ जेठ, रामेछाप । कोरोना भाइरस संक्रमणका कारण जारी बन्दान्दीको चपेटामा परेका बिद्यार्थीहरुको उद्धार गरिएको छ । 

 

 

नेपाली कांग्रेस निकट युवाहरुको एक समूहले रामेछापबाट काठमाडौं उपत्यकामा अध्ययनको लागि गएका र विविध कारणले लकडानमा घर आउन नपाएकाहरुलाई एकत्रित गरि निःशुल्क रुपमा घर ल्याएइका हुन् ।

 


सोमबार राति ४० जना विद्यार्थीलाई रामेछाप ल्याईएको नेपाल विद्यार्थी संघका नेता, एवं नेविसंघका क्षेत्रिय सभापति धिरज खत्रीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

उनका अनुसार कोटेश्वर बहुमुखी क्याम्पका सभापति संजय बुढाथोकी र नेता विराट कार्कीको सहितको समन्वयमा अलपत्र परेका बिद्यार्थीहरुको उद्धार गरिएको हो । 

 


कोरोना महामारीका कारण लकडान जारी भएपश्चात क्याम्पस तथा बिद्यालयहरु बन्द भएका कारण बिद्यार्थीहरु घर आउने भएपनि विविध कारणले समस्यामा पारी आउन नसकेका विद्यार्थीहरुलाई नेविसंघले एक सूचना नै जारी गरेर उद्धार गर्ने बताएको थियो । सोही अनुसार बिद्यार्थीहरुको उद्धार गरिएको सभापति खत्रीले बताए । 

 

 

तत्काको लागि ४० जना बिद्यार्थीको उद्धार गरिएको भएपनि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको पास समस्याका कारण केही समस्या भएको सुनाए । उनले भने 'अझै अलपत्र विद्यार्थीहरुको उद्धारमा समस्या देखिएको छ, पासको प्रब्लम हुने रहेछ, उद्धार गर्नु पर्ने विद्यार्थी त, अझै धेरै छन् ।' तर, समस्याका बाबजुत् पनि उद्धारको काम जारीनै राखिने खत्रीको भनाई छ ।  


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार