रामेछाप–काठमाडौँ सृजनशील समाजले खोल्यो मन्थलीमा विज्ञ सहितको सम्पर्क कार्यालय, यस्ता सेवा निःशुल्क दिने
९ माघ, रामेछाप । रामेछाप–काठमाडौँ सृजनशील समाज नेपालले मन्थलीमा विज्ञ सहितको सम्पर्क कार्यालय खोलेको छ । उसले अब यहाँबाट जिल्लाको समृद्धि र विकासको लागि विज्ञ सहितको सेवा उपलब्ध गराउने संस्थाले जनाएको छ ।
शनिवार मन्थली नगरपालिकाको हलमा रामेछाप र मन्थली नगरपालिकाको विकास बहस कार्यक्रम गरेको संस्थाले आइतबार मन्थली स्थित कटरबोटमा सम्पर्क कार्यालय एवम् निःशुल्क विज्ञ परामर्श सेवा केन्द्र कार्यालय सञ्चालनमा ल्याएको संस्थाका संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार यो कार्यालयबाट निःशुल्क विज्ञ परामर्श सेवा पाउने छन् । तर, संस्थाले प्रदान गर्ने विज्ञ सेवा दिने विज्ञको भन्ने स्पष्ट खुलाएको छैन् ।
के हो निःशुल्क विज्ञ परामर्श सेवा केन्द्र ?
- समृद्ध रामेछापको लागि विज्ञ परामर्श सेवा निःशुल्क प्रदान गर्न
- रामेछाप–काठमाडौँ सृजनशील समाजले रामेछापका विभिन्न क्षेत्रका विज्ञहरूलाई जोड्दै सो सेवा केन्द्र मार्फत मुख्यतः यस्ता काम सेवा दिने छ ।
- कुनै पनि व्यक्तिले आफ्नो व्यवसाय सम्बन्धि कुनै पनि विषयमा निःशुल्क बुझ्न र बुझाउन यो सेवा केन्द्र उपयोग गर्ने छ ।
- यस सेवा केन्द्रमा रामेछाप जन्म स्थान भई विभिन्न स्थानमा रहेका मेडिकल डा., इन्जिनियर, शिक्षाविद्, भुगोलविद, कृषि विज्ञ, वित्तियविद, अर्थविद्, स्थानीयविद, उद्यमशील एवम् सामाजिक व्यक्ति, व्यवसायी लगायत विविध क्षेत्रमा कार्यरत व्यक्तिहरू जोडिने छन् । विज्ञ परामर्श सेवा एक आपसमा बाँड्दै स्वास्थ्य, शिक्षा, सामाजिक विकास, उद्यमशीलता एवम् बजारीकरण विविध क्षेत्रमा यस केन्द्रले महत्त्वपूर्ण योगदान भनिएको छ ।
- विभिन्न स्थानमा रहेर कार्यरत रामेछापेलीहरुको ज्ञान, अनुभव, सिप, सोच र स्रोत तथा पुँजीलाई एकीकृत गरी अधिकतम परिचालन मार्फत समृद्ध रामेछाप निर्माणमा टेवा पुर्याउने कार्यको लागि यस सेवा केन्द्रले विशेष भूमिका निर्वाह गर्ने छ ।
- निःशुल्क विज्ञ परामर्श सेवा विभिन्न विज्ञहरूबाट रामेछापेले जनता एवं विभिन्न सङ्घ संस्था तथा स्थानीय सरकारलाई आवश्यकता अनुसार प्रदान गरिने छ ।
- रामेछापमा उत्पादित वस्तु तथा सेवाको बजारीकरण गर्न यस केन्द्रले भूमिका खेल्नेछ।
- निःशुल्क स्वास्थ्य परामर्श र उच्च शिक्षा परामर्शको भूमिका यस केन्द्रले खेल्नेछ ।
- गारो सारो परेका रामेछापेलीलाई मानवीय साथ सहयोगको माध्यम बन्ने छ ।
- बेरोजगारी व्यक्ति र रोजगारदाताबिच सम्पर्क समन्वय गर्ने माध्यम बन्नेछ ।
- तालिम लगायत चेतनामूलक कार्यक्रमहरूको सहजीकरण गर्नेछ।
- उद्यमशीलताको लागि विविध परामर्श सेवा निःशुल्क प्रदान गर्नेछ।
- विभिन्न विषय, वस्तुमा निःशुल्क विज्ञ परामर्श सेवा सहित मानवीय तथा सामाजिक सेवामा यस केन्द्रले विशेष भूमिका निर्वाह गर्नेछ ।