यी मनकारी युवा, जसले यसरी वृद्धाले हराएको पैसा हाता पारिदिए....

| माघ १०, २०७९ मंगलबार

A A A
A A A

१० माघ, रामेछाप । के पाईले कहिल्यै बाटोमा हिँड्दा होस् या, अन्यन्त्र कतै जाँदा पैसा भेट्नु भएको छ ? अनि त्यो भेटेको पैसा तपाईँले के गर्नु भएको छ ? कि भेट्नु भएको छैन । यदि ४०÷५० हजार पैसा बाटोमा भेट्नु भयो भने तपाई के गर्नु हुन्छ ? हराएको मान्छेको बारेमा सोच्नु हुन्छ कि नाइँ ? 

 

जे होस्, तपाई अब यो सोच्दै गर्नुहोस् । तर, रामेछापका एक जनाले भने आफूले गाडीमा सवार हुँदा हराएर माया मारी सकेको पैसा हाता पारेका छन् । 

 

हिजो सोमबार बिहान ओखलढुङ्गाको चिउराडाँडाँबाट साङ्घुटार–देउराली हुँदै काठमाडौँको लागि छुटेको बा ५ ख ७३१५ नम्बरको यात्रुले खोचाखोर भरिएको बसमा हराएको रु ५९ हजार रुपैयाँ भेटेका दुई जना युवाले प्रदान गरेका हुन् । 

 

बाख्रा बेचेर मन्थली स्थित बैङ्कमा जम्मा गर्नको लागि घरबाट ल्याएको ५९ हजार रुपैयाँ हराएपछि पत्तो नपाएका रामेछाप नगरपालिका वडा नं २ देउरालीका ६९ वर्षीय ठमन्त बहादुर बस्नेतले हराएको पैसा पाएका हुन् । 

 

‘मन्थली आउने क्रममा पाइन्टको गोजीमा राखेको पैसा हराएको रहेछ । बुढा मान्छेलाई जिन्सको पाइन्ट लगाएर पछाडिको गोजीमा हाल्दा खसेको रहेछ रामेछाप टाइम्सलाई पैसा उपलब्ध गराउन भूमिका खेलेका मन्थली स्थित तामाकोसी बोर्डिङ स्कूलका प्रधानाध्यापक दीपक खड्काले भने ।’

 

प्रअ खड्काले थपे बुढो मान्छेले गाडीबाट झर्दा सम्म पत्तो पाएनछन् । त्यसपछि गाडीमा सोधी खोजी हुँदा त्यहाँ सवार कसैको नभएको पुष्टि भएपछि पैसा भेटेका नेपाली सेनामा कार्यरत रामेछाप नगरपालिका वडा नं ३ का नरेन्द्र खड्का र ओखलढुङ्गा लिखु गाउँपालिका वडा नं २ का सशस्त्र प्रहरीमा कार्यरत प्रभाकर बुढाथोकी छेत्रीले मन्थली स्थित भैशेश्वर प्रहरीलाई रकम जिम्मा लगाएका रहेछन् । 

 

त्यसपछि त्यो पैसा मन्थली सम्म आउने यात्रु मध्ये कसैको हुने आशङ्कामा पैसा भेटिएको बारे प्रहरीले जानकारी दिएपछि प्रअ खड्काले सामाजिक सञ्जालमा राखे । 

 

यता पैसा बैङ्कमा जम्मा गर्न आएका बस्नेत भने, पैसा हराएर दुखित भएपछि आफन्तीसंग पैसा मागेर घर पुगे । उनी दुखित र उदाशिएर बसेको छिमेकीले देखे । 

 

पहिले भन्न नचाहेका वृद्धाले पछि यसरी पैसा हराएको सुनाए। त्यसपछि उनले पढेको सूचना बारे छलफल हुँदै जाँदा पैसा उनको भएको पुष्टि भएपछि मंलगबार जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख (डिएसपी) होमबहादुर पराजुली समेतको सोध पुच्छपछि पैसा उनको हातमा प्रदान गरिएको खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार