गुम्देलको चामरुमा बस्ती मुनीको जङ्गलमा भीषण आगोलागि, आगो नियन्त्रण बाहिर

| माघ १६, २०७९ सोमबार

फाइल फोटो ।
A A A
A A A

१६ माघ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको साबिकको वडा नं ९ चामारु भन्ने बस्ती मुनीको जङ्गलमा भीषण आगोलागि भएको छ । 

 

आइतबार अबरेतिर आगो लागेको प्रत्यक्ष दर्शीले बताएका छन् । आगो लाग्नुको कारण खुलेको छैन । वडा नं २ बाम्ती भण्डार पारी र वडा नं १ गुम्देलको सीमा भएर बग्ने सुर्मा खोलाको आसपासबाट आगो लागेको वडा नं १ का अध्यक्ष ङातिंण्डु शेर्पाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘भिरालो पाखो, जङ्गलमा आगो लागेको खबर आएको छ । म, पनि पुग्न सकेको छैन । माथि चामारु बस्ती छ । निभाउनको लागि प्रहरीले कोसिस गरेछन् । नसकेपछि नेपाली सेना पनि गएछन् । राति र भिरमा ठुलो जङ्गलमा आगो लागेकाले नियन्त्रण लिन नसकिने स्थितिमा पुगेको छ । आगो नियन्त्रण बाहिर गएको छ, वडा अध्यक्ष शेर्पाले रामेछाप टाइम्सलाई भने ।’

 

 

आगो जङ्गलमा लागेकाले नियन्त्रणमा लिनको लागि समस्या भएको उनको भनाई छ । आगो लाग्दै गरेको माथि बस्ती रहेको छ । घटना बारे आज थप बुझ्ने र बास्तिका मान्छेलाई सचेत रहन भनिएको वडा अध्यक्ष शेर्पाले जानकारी गराए । 

 

सूचना हेर्नुहोस् ।