सहिदको सम्झनामा नेविसंघ रामेछापले गर्यो दीप प्रज्वलन (फोटोफिचर)
१६ माघ, रामेछाप । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) रामेछापले सहिद दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।
मन्थली स्थित देवकोटा चोकमा नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीको अध्यक्षतामा नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीको उपस्थितिमा दीप प्रज्वलन गरेको हो । देशलाई विभिन्न कालखण्डबाट मुक्त गर्दै यो ठाउँ सम्म ल्याउन÷निर्माण गर्न योगदान गर्ने, ज्यानको आहूूती दिने महान सहिदहरूको सम्मानमा दीप प्रज्वलन गरेको अध्यक्ष बुढाथोकीले बताए ।
उनले प्रजातन्त्र स्थापना गर्नको लागि सहिदहरूले पुर्याएको योगदानको उच्च सम्मान गर्दै नेविसंघ अगाडि बढी रहेको उल्लेख गरे । अध्यक्ष बुढाथोकीले नेविसंघको गरिमा बढाउनको लागि आफूहरू लागेको भन्दै सबै मिलेर सहिदका सपना पूरा गर्न लाग्नु पर्नेमा जोड् दिए ।
त्यस्तै दीप प्रज्वलन सभालाई सम्बोधन गर्दै काँग्रेस उपसभापति कार्कीले नेविसंघले सहिदहरूलाई सम्झिएकोमा धन्यवाद दिए । उपसभापति कार्कीले रामेछाप जिल्ला पनि सहिदहरूको सूचीमा रहेको उल्लेख गर्दै मूलक र मूलक बासीको लागि ज्यान दिएर रक्षा गरेकोमा गरौवता महसुस गरे । उनले लोकतन्त्र प्रति चारैतिरबाट प्रहार भइरहेको उल्लेख गर्दै नेविसंघले त्यसता प्रति सचेत हुनु पर्नेमा जोड् दिए । उनले युवाहरुलेनै नेविसंघलाई बोलियो बनाएर देशको समृद्धिको लागि भूमिका खेल्नु पर्ने बताए ।
नेविसंघ रामेछाप, नेविसंघ मन्थली सहित स्मृति बहुमुखी क्याम्पस इकाई लगाएका विद्यार्थीहरूको उपस्थितिमा भएको दीप प्रज्वलन सहिदहरूको उच्च सम्झना गरेको आयोजकको भनाई छ ।
यसैबिच नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्घ (अनेरास्वियू क्रान्तिकारी) रामेछापले पनि दीप प्रज्वलन गरेको छ । सहिद दिवसकै अवसर पारेर देवकोटा चोकमा नेविसंघ रामेछापको भन्दा छुटै दीप प्रज्वलन गरेको हो ।
क्रान्तिकारीका विद्यार्थी सङ्गठनका विद्यार्थीहरूको उपस्थिति थियो ।