ट्रकले ठक्कर दिँदा मन्थलीमा दिदी भाइ घाइते, भाइलाई काठमाडौँ लगियो

| माघ १७, २०७९ मंगलबार

फाइल फोटो ।
A A A
A A A

१७ माघ, रामेछाप । ट्रकले ठक्कर दिँदा मन्थलीमा दिदी भाइ घाइते भएका छन् । मन्थली स्थित कटहरकोबोट मुनि तिन तले होटेल अगाडि ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

मङ्गलवार बिहान बागमती प्रदेश ०२–०२३ प ३६५७ नम्बरको स्कुटर र बा ५ ख ४६४१ ट्रक एकै दिसाबाट आउँदै गरेका र ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिएको हो । 

 

स्कुटरमा सवार मन्थली नगरपालिका वडा नं २ टेकानपुर घर भएका चालक दिदी तारा श्रेष्ठ र पछाडि सवार उनका ११ वर्षीय भाइ जनक श्रेष्ठ घाइते भएका हुन् । 

 

दुर्घटनामा परेका भाइ जनकको दाहिने खुट्टा भाँचिएको छ । उनको उद्धार गरी काठमाडौँ तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । 

 

 

प्रहरीका अनुसार दिदी तारालाई सामान्य चोट लागेको छ । उनको मन्थली स्थित मन्थली अस्पतालमा उपचार भएको छ । 

 

 

टेकानपुर निवासी श्रेष्ठ सुभेक्षा बचत तथा ऋण सहकारी संस्थामा कार्यरत छिन् ।