रामेछाप ल्याङ्गल्याङ्गको उन्त्रिङ बेसीमा गएरातिदेखि डढेलो, नियन्त्रण बाहिर

| माघ १८, २०७९ बुधबार

A A A
A A A

१८ रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा न ९ ल्याङ्गल्याङ्ग उन्त्रिङ बेसीमा पनि डढेलो लागेको छ । 

 

गत मङ्गलवार साँझ देखि आगो लागेको सोही वडाका, वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘आगो लागि रहेको छ । धेरै फैलिएको छ । आज सम्म १५० हेक्टर भन्दा धेरै जली सक्यो । उन्त्रिङ बेसीमा पनि लागेको हो । के गरी लाग्यो थाहा भएको छैन । भीषण आगो लागी भएको छ । नियन्त्रण बाहिर छ । 

 

केही माथिल्लो भेगमा बस्ती रहेको सुनाउँदै त्यहाँ स्थानीयहरू घरमा आगो आउन लागेको भन्दै आफूसँग गुनासो गर्दै आएको सुनाए । तर, वडाले केही गर्न नसक्ने वडा अध्यक्ष श्रेष्ठले बताए । ‘हामी के गर्न सक्छौँ । र, हावा चल्छ बेसरी, अग्नि रेखा तयार  गर्नु भनेको छु । आगो दन्किएको छ । सल्लोको रुखहरू जलिरहेका छन्, अध्यक्ष श्रेष्ठले भने । 

 

बाँदर भगाउनको लागि स्थानीयहरूले आगो लगाउने गरेको भन्दै कसले बाँदर धपाउन लगाए होलान्, जस्तो लाग्छ । धेरै जना बाँदर धपाउन आगो लाउँछन् यता ।

तस्बिर स्रोत सामाजिक संजाल ।

आगोले उन्त्रिङ खोला समेत पार गरेको छ, अध्यक्ष श्रेष्ठले भने । यता उमाकुण्ड गाउँपालिकाको गुम्देलमा चार दिन देखि निरन्तर आगो लागि रहेको छ । 

 

त्यहाँ पनि आगो नियन्त्रण बाहिर रहेको छ ।