संस्थान तथा सरकारी कार्यालय रामेछापको ‘सवारी चालक’ अध्यक्षमा पुःन न्यौपाने

| माघ १८, २०७९ बुधबार

A A A
A A A

१८ माघ, रामेछाप । संस्थान तथा सरकारी कार्यालयका सवारी चालक (डाइभर) समिति रामेछापको अध्यक्षमा पशुपति न्यौपाने दोहोरिएका छन् । आज बुधवार भएको समितिको साधारण सभाले न्यौपानेलाई पुनः अध्यक्षमा दोहोराएको हो । न्यौपानेलाई सर्वसहमितिले फेरी अध्यक्षको जिम्मेवारी दिइएको चालक एवं नवगठित समितिका सदस्य ईशवर थापाले रामेछाप टाइम्सलाई बताए । 

मन्थली स्थित यल्लो हाउसमा भएको भेला तथा साधारण सभाले समिति पुनः गठन गर्दै शिवहरि कार्कीलाई उपाध्यक्ष, भरत कार्कीलाई सचिवको जिम्मेवारी दिएको हो । त्यस्तै कोषाध्यक्षमा नारायण तिमल्सीना दोहोरिएका छन् । सह–सचिवमा लक्ष्मण के.सी र सह–कोषाध्यक्षमा कुल विक्रम खड्‌का चयन भएका छन् । 

 

जिल्ला भित्रका दुई नगरपालिका, खाँडादेवी गाउँपालिका सहित सरकारी कार्यालयहरूका गाडी चलाउँदै आएका चालकहरूले यो समितिलाई गठन गर्नको लागि आठ वटै स्थानीय तहका चालकलाई खबर गरे पनि केही स्थानीय तहका चालकहरू उपस्थिति नभएको अध्यक्षमा दोहोरिएका न्यौपानेले रामेछाप टाइम्सलाई बताए । 

‘हामीले सबैलाई पत्र पठाएर खबर गरेका थियौँ । समयका कारण आउनु भएका छैन । हामी थप्दै जाने छौँ, अध्यक्ष न्यौपानेले भने ।’

 

त्यस्तै कुमार श्रेष्ठ, कुमार कार्की, पुला तामाङ, ईश्वर थापा, मनोज श्रेष्ठ, शम्भु थापा, चित्रबहादुर भुजेल सदस्यमा मनोनीत भएका छन् । भने आजकै भेलाले शान्ति केसीको संयोजकत्वमा दुई सदस्य सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा रुद्ध बहादुर श्रेष्ठ र विवेक कार्की सदस्य भएका छन् । 

 

प्रदेश स्तरका संयोजकमा आत्माराम गौतम चयन भएका छन् भने, सुवास कार्की र सुरेश बुढाथोकी सदस्य भएका छन् । त्यस्तै स्थानीय स्तरको संयोजकमा रामचन्द्र बस्नेत मनोनीत हुँदा पुष्कर थापा र लोकबहादुर भुजेल सदस्य बनेका छन् । 

 

त्यस्तै लेखा समिति संयोजकमा नानीबाबु कार्की चयन भएका छन् भने कृष्ण प्रसाद ढुङ्गेल सदस्य बनेका छन् ।