स्थानीय तह जुटे राष्ट्रपति रनिङ शिलमाः खाँडादेवीमा आजबाट, उमाकुण्डमा पर्सिदेखि सुरु, दोरम्बामा सकियो

| माघ २०, २०७९ शुक्रबार

दोरम्बा शैलुङ् गाउँपालिकामा राष्ट्रपति रनिङ शिल प्रतियोगिता कार्यक्रम । तस्बिर पालिका फेस्बुक ।
A A A
A A A

२० माघ, रामेछाप । रामेछाप जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयहरूमा खेलकुद सप्ताह यसै हप्ताबाट सुरु हुने भएको छ । 

 

विद्यार्थीलाई बाह्य क्रियाकलापमा पनि सक्रिय गर्ने उद्देश्यले विगतका वर्षदेखि खेलाइँदै आइएको प्रतियोगिता गर्नको लागि तयारीमा सबै स्थानीय तह जुटेका छन् । 

 

जसअनुसार मन्थली नगरपालिकामा आउँदो बिहीबार २६ गते देखि सुरु हुने भएको छ । मन्थलीमा तीन दिने चाल्ने राष्ट्रपति रनिङशिल प्रतियोगितामा नगरका २२ वटा माद्यामिक विद्यालयले सहभागिता जनाउने छन् । 

 

त्यस्तै पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाले केही दिनमा खेल आयोजना गर्ने मिति तय गर्ने जनाएको छ । उता खाँडादेवी गाउँपालिकामा आज शुक्रवार देखि प्रतियोगिता सञ्चालन हुँदै छ । 

त्यस्तै खाँडादेवी गाउँपालिकाको प्रायोजन, पालिकाकै शिक्षा शाखाको व्यवस्थापन र पालिका खेलकुद विकास समितिको आयोजनामा कबड्डी, एथलेटिक्स, ज्याब्लीङ थ्रो, सट–पुट र भलिबल खेलाइने आयोजकले जनाएको हो । 

 

त्यसको लागि पालिकाले वडा नं ६ माकादुममा खेल मैदान समेत तयार पारेको छ । विगतका वर्षमा खेलमैदान अभावमा हुँदै आएको यो प्रतियोगिता अब त्यहाँ खेलको लागि पर्याप्त हुने गरी मैदान तयार गरेको पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उता उमाकुण्ड गाउँपालिकाले पर्सी आइतबार २२ गतेदेखि २४ गतेसम्म तेस्रो राष्ट्रपति रनिङ शिल प्रतियोगिता खेलाउँदै छ । त्यसको तयारी पूरा भएको उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । 

लिखु तामाकोशी गाउँपालिकाले प्रतियोगिता गर्नको लागि यही २२ र २३ गते सम्म भाग लिने मिति तोकेको छ । त्यसपछि खेलको मिति घोषणा गर्ने तयारी पालिकाको छ । 

लिखु तामाकोशी गाउँपालिकाले प्रतियोगिता संचालको लागि तयारी सम्बन्धि विवरण ।

उता दोरम्बा शैलुङ् गाउँपालिकाले बिहीबार हिजो तेस्रो राष्ट्रपति रनिङ शिल प्रतियोगिता सम्पन्न गरिसकेको छ । सो प्रतियोगितामा श्री कालिका मावि प्रथम भएको छ ।  भने, गोकुलगंगा र सुनापति गाउँपालिकाले प्रतियोगिताको तयारीमा जुटेको जनाएका छन् ।