मन्थलीका व्यवसायिले दिए मन्थली माविका विद्यार्थीलाई न्यानो कपडा

| माघ २१, २०७९ शनिबार

A A A
A A A

२१ माघ, रामेछाप । मन्थलीका उद्योगी, व्यवसायीहरुले  मन्थली माद्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका छन् । 

 

शुक्रवार सदरमुकाम समेत रहेको मन्थली माद्यामिक विद्यालयका विद्यार्थीलाई रामेछाप उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान अध्यक्ष श्याम थापा, वरिष्ठ उपाध्यक्ष नवीन कुमार थापा, उपाध्यक्ष दामोदर थापा, महासचिव नबराज ढुङ्गेल, सचिव सुरेश उदाश र कार्यसमिति सदस्य कुमार श्रेष्ठले संयुक्त रुपमा न्यानो कपडा हस्तान्तरण गरिएको हो । 

 

जिल्ला सदरमुकाम मन्थलीबाट लामो समयदेखि व्यवसाय गर्दै आएका उनीहरुले रामेछाप उद्योग वाणिज्य संघको १४ औं वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा विद्यार्थीलाई सहयोग गरेका हुन् । 

व्यवसायीहरुले विद्यार्थीहरुलाई स्वीटर सहित विद्यार्थी ड्रेस प्रदान गरेका हुन् । 

 

मा.विका प्रधानाध्यापक टंकप्रसाद दाहालको सहजिकरणमा कपडा प्रदान गरिएको सचिव उदाशले रामेछाप टाइम्सलाई जानकारी दिए । जेहेन्दार तथा अति विपन्न परिवारका विद्यार्थीलाई केही जाडोमा न्यानो होस् भन्ने उद्देश्यले कपडा प्रदान गरेका हुन् । नोटंः हेड्लाईन र समाचार सच्याइएको छ ।