मन्थलीमा आमा समूहको सक्रियतामा दुई महिने सिलाई-कटाई तालिम सुरु

| माघ २१, २०७९ शनिबार

तस्बिर रामेछाप सहयोगी मन (रासम) ।
A A A
A A A

२१ माघ, रामेछाप । मन्थलीमा महिलाहरूलाई उद्योगी बनाउने उद्देश्यले महिला समूहले दुई महिने सिलाई कटाई तालिम सुरु गरेको छ । 

 

मन्थली नगरपालिका वडा नं १ को दुई लाख आर्थिक सहयोगमा यहाँ सञ्चालित भीमसेन स्वास्थ्य आमा समूहले शुक्रवार देखि दुई महिना सम्म सिकाउने गरी तालिम सुरु गरेको हो । 

 

 

‘सीप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ सुरु भएको तालिमलाई वडाले दुई लाख सहयोग गरेपछि चार थान सिलाई मेसिन खरिद गरेर तालिम सुरु भएको हो । 

 

स्थानीय महिलाहरुको सक्रियतामा सञ्चालित यस समूहले बिना ब्याजमा प्रति सदस्य पाँच हजार सम्म पाँच प्रतिशत व्याजमा सहुलियत ऋण दिँदै आएको छ । 

 

त्यस्तै विवाह, व्रतबन्ध, पिकनिक आदिलाई आवश्यक पर्ने भाँडाकुँडा, टेबल,कुर्सी समेत सस्तो भाडामा दिनै व्यवस्था गरेको जानकारी गराइएको छ । 

 

तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि) ले महिलाहरूले गरेको कामको प्रशंसा गरे । उनले उद्यमबिना वडा बासीको उन्नति सम्भव नहुने भन्दै तालिम सकेर उद्यमी बन्न आग्रह गरे ।