खाँडादेवीमा राष्ट्रपति रनिङ शिलः मार्च पासमा जेएन ‘फस्ट’, अध्यक्षले भने ‘जिल्ला र राष्ट्रिय स्तरका खेल खेलाउने सपना छ’ (फोटो/भिडिओ)

| माघ २१, २०७९ शनिबार

A A A
A A A

२१ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकामा शुक्रवारदेखि पाँचौँ मा.वि.स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शील प्रतियोगिता सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले ब्यानर पढेर उद्घाटन गरेको खेल भलिबल सहित विभिन्न विधामा तीन दिन सम्म चल्ने छ । 

 

खाँडादेवी गाउँपालिका खेलकुद विकास समितिको आयोजना, शिक्षा शाखाको सहकार्य र पालिकाको आर्थिक सहयोगमा रनिङ शील सञ्चालन गरिएको आयोजकले जनाएको छ । पहिलो दिनको प्रतियोगितामा खेलमा सहभागी लिएका पालिका भित्रका निजी तथा सरकारी विद्यालयले विद्यार्थीले मार्च पास गरेका छन् । 

पुरस्कारको समेत व्यवस्था गरिएको सो मार्च पासमा विभिन्न विधालाई आधार मानेर कूल ५० अङ्कको मूल्याङ्कन गरिएको थियो । जसमा जेएन् बोर्डिङ स्कूल माकादुमले प्रथम स्थान हाँसिल गर्दै नगद ४ हजार जितेको छ ।  त्यस्तै द्वितीय कृष्ण मावि किम्बु हुँदै नगद ३ हजार, तेस्रो भएको प्रगतिशील मावि भिरपानीले नगद २ हजार जितेका छन् । भने, सान्त्वना हुँदै विष्णु जनज्योति माविले नगद १ हजार पाएको छ । 

 

विद्यार्थीहरूको संस्कृत कार्यक्रम सहित सुसंजित पहिलो दिनको कार्यक्रम पछि भलिबल तर्फका दुई खेल भएका छन् । पहिलो खेलमा जिएन बोर्डिङ स्कुलले भारती माविलाई पराजित गरेर विजयी सुरुवात गरेको छ । 

बालबालिकाको सर्वाङ्गीण विकास गर्ने ध्येयले पछिल्लो समय जिल्लाका सबै स्थानीय तहले यो प्रतियोगिता गर्दै आएको अवस्थामा रनिङ शील प्रतियोगितालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले सम्बोधन गर्दै बालबालिकाको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । 

 

उनले भने “हामी सबै आफ्ना नानीहरू उत्कृष्ट हौउन भन्ने चाहन्छौ । त्यैले सबै भन्दा पहिला स्वास्थ्य रहनु पर्दछ । स्वास्थ्य रहन उचित आवश्यक पौष्टिक आहार र असल संस्कार भएको अभिभावकको आवश्यक पर्दछ । साथै उच्च मनोबलको आवश्यक पर्दछ । त्यो भनेको खेलकुद नै हो ।’

 

उनले खेलकुदबाट बालबालिकालाई स्वस्थ राख्न सक्ने जिकिर गर्दै भने ‘हामीले यस पालिका भित्र खेलकुद मैदान भर्खरै बनाई सकेका छौँ । यहाँ स्वस्थ प्रतिस्पर्धा गरी पालिका मात्र नभएर जिल्ला राष्ट्रलाई नै टेवा पुग्ने खेलकुदको सपना हामीले देखेका छौँ । सबैले यस अभियानमा साथ दिनुहुने छ भन्ने विश्वास लिएको छु ।’

पालिकाले निर्माण गरेको यो खेल मैदान अन्य कसैले गरेको भए १० औँ लाख लाग्न सक्ने दाबी गर्दै आफूले ५ लाख भन्दा पनि सस्तोमा बनाएको पटक पटक दोहोराए । गाउँपालिकाले यो पटक वडा नं ६ माकादुमममा रहेको पालिका कार्यालय नजिकैको भिरालो जमिनलाई बिराएर खेल मैदान बनाउने काम गरेको छ । तर, त्यो पूर्ण भने भइसकेको देखिँदैन ।

 

निर्माणाधीन अवस्थामै रहेको यो मैदान राष्ट्रपति रनिङ शीलको लागि भने भर्खरै तयार हुँदै देखिन्छ । पालिका अध्यक्षले भने यो मैदानमा जस्तो सुकै कार्यक्रम, खेल गर्न सकिने दाबी गरे । 

 

मैदानमै उपस्थित एक खेल प्रशिक्षकले मैदानको लम्बाइ पुगे पनि चौडाइ फूट्बल लगायतलाई नपुग्ने रामेछाप टाइम्सलाई स्पष्ट परे । ‘फुटबलको ग्राउन्ड पुग्दैन निश्चित आवश्यक लम्बाइ, चौडाइ पुग्दैन । तर, निर्माणको चरणमा रहेकाले बनाउन सकिन्छ । 

 

पूर्व मन्त्री र राखेप सचिव आउने 

तीन दिन चल्ने सो राष्ट्रपति रनिङ शिल प्रतियोगिताको अवलोकन गर्न सोही ठाउँका स्थानीय एवं पूर्व बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य कैलाश ढुङ्गेल आउँदै छन् । 

 

त्यस्तै खेलको समापन, अन्तिम दिनको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ (टलक) त्यहाँ आउने आयोजकले जनाएको छ  ।