मन्थलीका दुई व्यवसायीले दिए मन्थली मा‍विका विद्यार्थीलाई न्यानो कपडा

| माघ २१, २०७९ आइतबार

A A A
A A A

२२ माघ, रामेछाप । जिल्ला सदरमुकाम स्थित मन्थली माद्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्राप्त हुने क्रम निरन्तर चलिरहेको छ । 

 

हाल सम्म नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), मन्थलीका व्यवसायीहरूले न्यानो कपडा प्रदान गरेका छन् । 

 

गत शुक्रवार रामेछाप उद्योग वाणिज्य सङ्घको १४ औँ वार्षिक साधारण सभा पूर्व सन्ध्यामा सङ्घका उपाध्यक्ष नवीन कुमार थापामगर र सदस्य कुमार श्रेष्ठले पनि विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका छन् । 

 

मन्थलीमा लामो समयदेखि व्यवसाय गर्दै आएका थापामगर र श्रेष्ठले विद्यार्थीहरूलाई उनीहरूको पढाइमा थप टेवा पुगोस् भन्ने उद्देश्यले दुई जनाले व्यक्तिगत खर्चमा २०–२० थान न्यानो कपडा (स्कूल ड्रेस) हस्तान्तरण गरेको उपाध्यक्ष थापामगरले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

आफूहरूले सकेको सानो सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा आर्थिक रूपमा सबल भएका र समाज सेवा गर्न चाहानेहरुले यस्ता काम गरुन् भन्ने आफूहरूको चाहना रहेको थापामगरले बताए । उनीहरूले मन्थली मा.वि.का प्रधानाध्यापक टंकप्रसाद दाहाल मार्फत विद्यार्थीलाई कपडा दिएका हुन् ।