धोबीमा मृत भेटिएका नेपालीको हत्या आरोप लागेका तामाङ पुर्पक्षको लागि जेल चलान

| माघ २४, २०७९ मंगलबार

मृत भेटिएका नेपाली । तस्बिर फाइल ।
A A A
A A A

२४ माघ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको केन्द्र धोबीमा मृत फेला परेको घटनामा दोषी रहेको आरोप लागेका प्रदीप तामाङ कारागार चलान भएका छन् । 

 

गत पुस २८ गते धोबीमा सोही पालिकाको वडा नं ५ डाँडामा बस्ने गणेश नेपालीको शव भेटिएको थियो । नेपालीको कुट्पीटपछि ज्यान गएको आशङ्कामा सोही ठाउँका तामाङलाई प्रहरीले नियन्त्रणमा राखेको थियो । 

 

मङ्गलवार आज जिल्ला अदालत रामेछापले तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको जिप्रका रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई बताए । सूचना अधिकारी ढकालले भने ‘तामाङलाई सम्मानित अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।’ 

 

मृत भेटिएका नेपालीको शरीरका केही अङ्गमा केही दाग, चिथोरिएको जस्तो अवस्थामा, अर्धनग्न भेटिएका थिए । प्राविधिक कारणले जाहेरीमा ढिला हुँदा मृतकका आफन्तले प्रहरीप्रति आक्रोश व्यक्त गरेका थिए । उनको शव पोस्ट मार्टम गर्न यहाँको मन्थली अस्पतालले नमानेपछि काठमाडौँ पठाइएको थियो । 

 

पीडित र आरोपितका आफ्न्ता लगायतसँग प्रहरीले शोध पुच्छ गरी सकेको जनाएको छ । पोस्ट मार्टमको रिपोर्टमा सामान्य आएको र थप रगतको रिपोर्टबाट खुल्ने बताइएको छ । मुख्य रिपोर्ट आएको छैन । 

हत्या आरोपमा प्रहरी हिरासतमा रहेका तामाङलाई जिप्रकाले मङ्गलवार जिल्ला अदालत बुझाएको थियो ।