‘प्रथम वडा कप पुरुष भलिबल’ प्रतियोगिताको उपाधि बाहुनचुरालाई

| माघ २४, २०७९ मंगलबार

A A A
A A A

२४ माघ, रामेछाप । ‘प्रथम वडा कप पुरुष भलिबल’ प्रतियोगिता मा बाहुनचुरा प्रथम भएको छ । मन्थली नगरपालिका वडा नं ९ पुराना गाउँका ५ टिम सहभागी प्रतियोगितामा प्रथम भएको बाहुनचुराले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

 

आलेटार खेलमैदानमा भएको प्रतियोगितामा खोल टोल द्वितीय भएको छ । उसले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । विजेतालाई वडा अध्यक्ष गोकर्ण राज आरणले पुरस्कार प्रदान गरे । 

 

त्यस्तै सिम्ले तृतीय भएको हुँदै नगद ५ हजार सहित मेडल र प्रमाणपत्र चित्त बुझाएको छ । भने, बाहुनचुराकै टिमबाट सरोज कुमार बोहरा सर्वोकृष्ट खेलाडी बनेका छन् । उनले नगद एक हजार सहित ट्रफि जितेको गौतम आरणले रामेछाप टाइम्सलाई जानकारी दिए । 


नगरको दुई लाख बजेटबाट वडाका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलाइएको आरणले जानकारी दिए ।