उमाकुण्डमा भएको ‘तेस्रो राष्ट्रपति रनिङ् शिल्ड’ प्रतियोगितामा चण्डेश्वरी पहिलो, महालङ्गुर गुम्देल दोस्रो

| माघ २५, २०७९ बुधबार

A A A
A A A

२५ माघ, रामेछाप । उमाकुण्डमा सम्पन्न ‘तेस्रो राष्ट्रपति रनिङ् शिल्ड’ प्रतियोगिताको उपाधि चण्डेश्वरी माविले उचालेको छ । तीन दिने प्रतियोगिता मगंलवार सकिएको हो । जसमा महालङ्गुर मावि गुम्देल दोस्रो भएको छ । 

 

गत साँझ अबेर सम्पन्न प्रतियोगितामा चण्डेश्वरीले विभिन्न खेल विधामा सबैभन्दा बढी ५ स्वर्ण पदक, ६ रजत र ४ कास्य पदक प्राप्त गर्दै श्री चण्डेश्वरी मावि प्रिती विजेता बनेको हो । त्यस्तै ५ स्वर्ण,३ रजत ५ कास्थ जित्दै महालङ्गुर मावि गुम्देल दोस्रो बनेको उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । 

 

५ स्वरण, ३ रजत र १ कास्थ पदक प्राप्त गर्दै श्री कैलेश्वर मावि गुप्तेश्वर तृतीय भएको छ । खेलमा सहभागी, विजेता, उपविजेता खेलाडीहरूलाई शिल्ड, मेडल प्रमाणपत्र साथै क्रमशः २ हजार, १५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको शाखाले जनाएको छ । 

 

त्यस्तै एथलेटिक्स ट्याक र फिल्ड तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडी, रिले दौड तर्फ ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको जनाइएको छ । यसमा विविध खेल खेलाइएको छ । 

भलिबल तर्फ छात्रछात्रा दुवैलाई नगद १५ हजार, १० हजार ५ हजार र  ३ हजार रुपैयाँ प्रदान गरिएको शाखाले भनेको छ । 

 

त्यस्तै शिक्षक, कर्मचारी, जनप्रतिनिधिको समेत भलिबल खेल भएको त्यहाँ १० हजार, ८ हजार, ५ हजार पुरस्कार लिएका छन् । भने, उक्त शिक्षक, कर्मचारी, जनप्रतिनिधिको खेलमा सान्त्वनालाई पनि पुरस्कार दिएको छ । सान्त्वनाले नगद ३ हजार पाएका छन् । 

 

उत्कृष्ट छात्रछात्रा तथा शिक्षक कर्मचारी जनप्रतिनिधि भलिबल खेलाडीलाई १५ सय नगद सहित ट्रली र प्रमाणपत्र साथै समग्र पदकबाट प्रथम हुनेलाई ४० हजार,  द्वितीय ३० हजार, तृतीय २० हजारको साथमा ट्रली, शिल्ड, मेडल, प्रमाणपत्र प्रतिनिधिसभाका सांसद एवं नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) र गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले संयुकत रुपमा प्रदान गरे । 

 

आयोजकले अब जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको लागि त्यहाँ सम्पन्न अन्तर माविबाट विजेता र उत्कृष्ट खेलाडीहरूबिच प्रतिस्पर्धा गराएर छनोट गरी जिल्ला स्तरीय टिम तयार पार्ने जनाएको छ । सो टिमले मन्थलीमा स्थानीय तह अन्तरपालिका स्तरीयमा प्रतिस्पर्धा गर्ने छन् ।  

 

खेलकुदको माध्यमबाट समाजमा आपसी सद्भाव र सहिष्णुता, आपसी हार्दिकतालाई कायम राख्दै विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभालाई उजागर गर्दै स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुर्‍याउने उद्देश्यले खेल आयोजना गरिएको शाखाले जनाएको हो । 

 

साथै विद्यार्थीहरूले उद्घाटन तथा समापन कार्यक्रममा स्काउट ट्रिपको मार्च पास, परेड सहित विभिन्न कला संस्कृति भल्किने संस्कृति कार्यक्रम पनि प्रस्तुत भएको छ । 

 

कुन विद्यलयले के-के जिते सूची हेर्नुहोस् ।

उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा