राष्ट्रपति रनिङ शिलः मन्थली र सुनापतिमा आज उद्घाटन हुँदै, लिखु तामाकोशीमा भोलि सकिने

| माघ २६, २०७९ बिहिबार

A A A
A A A

२६ माघ, रामेछाप । लिखु तामाकोशी गाउँपालिकामा ‘प्रथम राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । प्रतियोगिताको बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका हुन् । 

 

तीन दिन सम्म सञ्चालन हुने भलिबल सहित विभिन्न विधाका खेलमा त्यहाँका १२ वटा माद्यामिक विद्यालयले सहभागिता जनाएका छन् । राष्ट्रपति रनिङ शिल्डमा भलिबल, कबडी, रग्बी एथेलेक्टिस, हाइजम्म, लमजम्प लगायतका खेलहरू सञ्चालन हुँदै आएका छन् ।  

 

भर्खरै नियुक्ति भएका गाउँपालिका खेलकुद समितिका अध्यक्ष सुशियल तामाङको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा पालिका अध्यक्ष केशव महत, उपाध्यक्ष दिपा पाख्रिन लगायत, वडा अध्यक्षहरूको पहिलो दिन बोलेका छन् । 

 

बुधवार विद्यार्थीहरूले मार्च पास प्रदर्शन गरेका छन् । विद्यामा अरुणोदय मावि फेदी सैपु, प्रथम, चण्डेश्वरी मावि सुपै द्वितीय, र झट्टेश्वर मावि नागदह तृतीय भएका छन् ।


सबै तस्बिर स्रोत, सुमित्रा लामा ।

यता सदरमुकाम समेत रहेको मन्थली नगरपालिका र उता सुनापति गाउँपालिकामा आज बिहीबार देखि प्रतियोगिता सुरु हुँदै छन् । 

 

मन्थली नगरपालिकाले यो पटक गढवारिमा रहेको नागकन्या मा.वि.मा प्रतियोगिता सुरु गर्दै छ । सबै तयारी पूरा भएको भन्दै बिहान १० बजे खेल उद्घाटन गर्ने मन्थली नगरपालिकाको तयारी रहेको नगरले जनाएको छ । यहाँ नगरभित्रका २२ वटा माद्यामिक विद्यालयले खेलमा सहभागिता जनाउने छन् ।  

 

त्यस्तै सुनापति गाउँपालिकाले पालिकाको केन्द्र हिलेदेवीको खेलमैदानमा खेल खेलाउँदै छ । जसको तयारी पूरा भएको पालिका खेलकुद विकास समितिका अध्यक्ष होमराज खपाङगी मगरले बताए । 

 

करिब ४ सय भन्दा बढी विद्यार्थीको सहभागिता हुने कार्यक्रमको राखेपका सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै छन् । 

 

सुनापतिले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार पनि सार्वजनिक गरेको छ । खेलमा क्रमशः, २५, २० र १५ हजार शिल, मेडल, प्रमाणपत्र पुरस्कार पाउने छन् ।