मन्थलीमा ‘पाँचौँ राष्ट्रपति रनिङ् शिल्ड’ : मन्थली माविको बिजयी सुरूवात, मार्च पासमा सेती देवि मावि द्वितीय (भिडिओसहित)

| माघ २६, २०७९ बिहिबार

A A A
A A A

२६ माघ, रामेछाप । मन्थलीमा ‘पाँचौँ राष्ट्रपति रनिङ् शिल्ड’ प्रतियोगिता बिहीबार देखि सुरु भएको छ । मन्थली १ स्थित गढवारीमा रहेको नागकन्या मावि पछाडि रहेको खेलमैदानमा नगरप्रमुख लब श्रेष्ठले खेल उद्घाटन गरेका हुन् । 

 

नगरभित्रका २२ वटा माद्यामिक विद्यालयको सहभागिता रहेको रनिङ शिल्ड प्रतियोगितामा विभिन्न विधामा ५० स्वर्ण पदको लागि प्रतिस्पर्धा गराइने नगरपालिकाका उपसचिव, महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार छ सय जना भन्दा बढी विद्यार्थीले विभिन्न विधाका खेलमा सहभागिता जनाएका छन् । भलिबल, कबडी, रग्बी एथेलेक्टिस, सट्फूट लगाएका खेल खेलाइने आयोजकको तयारी छ । 

 

पहिलो दिन ५० पूर्णअंकमा भएको मार्च पास प्रदर्शनीमा २२ वटै माद्यामिक विद्यालयले भाग लिएका छन् । जसमा निजी सहित २१ वटा विद्यालयलाई पछि पार्दै मन्थली माद्यामिक विद्यालयले विजयी सुरुवात गरेको छ । प्रथम हुनेलाई मात्रै नगद १० हजार पुरस्कार व्यवस्था रहेकोमा सो पुरस्कार मन्थली माविले जितेको हो । 

 

पुरस्कार घोषणा गर्दै संचालक 

त्यस्तै १९ वटा विद्यालयलाई पछि पार्दै क्रमशः वडा नं ४ सालुको सेती देवी मावि द्वितीय र वडा नं ८ चिसापानीको भिमेश्वर रुद्ध मावि तृतीय भएका छन् । 

 

नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत हरि पौडेल सहित १४ वटै वडाका वडा अध्यक्ष, नेपाली काँग्रेस मन्थली नगर पालिकाका सभापति शङ्कर अधिकारी, एमाले नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरे सहित अन्य राजनीतिक दलका नेता, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थी, सञ्चारकर्मी, पत्रकार सहित कबिर एक हजार भन्दा बढीको भव्य उपस्थितिमा प्रतियोगिता उद्घाटन गरिएको हो । 

 

पर्सी २८ गते सम्म हुने प्रतियोगितामा भलिबल सहितका खेलहरू मन्थली स्थित जिल्ला समन्वय समितिको पछाडिको मैदानमा खेलाइने नगरपालिकाको तयारी छ । 

 

खेल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले नगरले शिक्षा क्षेत्रको विकासको लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको जिकिर गरे । उनले विकास निर्माणलाई भन्दा पनि शिक्षालाई पहिलो प्राथमिकता दिएर नगरले काम गरिहरेको जानकारी गराउँदै हामी शिक्षाको विकासलाई पूर्वाधारका काम छोडेर पनि काम गर्न तयार छौँ । शिक्षाको विकासको लागि जस्तो मूल्य चुकाउन पनि तयार छौँ, भने ।’

 

फरक प्रसङ्गमा बोल्दै तामाकोसी नदी किनार छेउमा खेल खेलाउन लागिएको उल्लेख गर्दै सचेत भएर खेलन आग्रह गरे । नगरप्रमुख श्रेष्ठले अनुशासित भएर खेललाई सफल पार्न आग्रह गरे । 

 

यी खेल खेलाइने छ ।

त्यस्तै जिल्लाको सुनापति गाउँपालिकामा पनि आजैदेखि तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुर भएको छ ।