चार वर्ष कैद र एक लाख जरिवाना तोकिएका फरार नगरकोटी घरबाटै पक्राउ, अदातलतले पठायो जेल

| माघ २६, २०७९ बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२६ माघ, रामेछाप । रामेछाप प्रहरीले जिल्ला अदालत रामेछापले चार वर्ष कैद र एक लाख जरिवाना सहितको फैसला गरेपछि फरार भएका एक जनालाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर बस्ने शेर बहादुर नगरकोटी रहेका छन् । उनीमाथि दुई मुद्दामा चार वर्ष ४ महिना १६ दिने कैद र एक लाख जरिवाना फैसला भएको थियो ।  

 

उनलाई जिल्ला अदालत रामेछापले गत भदौ २९ गते अपहरण तथा शरीर बन्धक मुद्दामा ३ वर्ष ५ महिना ८ दिन कैद र नगद रु २५ हजार, जातीय छुवाछुत भेदभाव मुद्दामा ११ महिना ८ दिन कैद र नगद रु ७५ हजार जरिवाना तोकिएको थियो । 

 

त्यसपछि फरार रहेका नगरकोटीलाई हिजो बुधवार उनकै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

पक्राउ परेका नगरकोटीलाई रामेछाप प्रहरीले बिहीबारै जिल्ला अदालत रामेछापमा बुझाएको थियो । उनलाई बिहीबारै अदालतले फैसला अनुसार कारागार कार्यालय रामेछापमा पठाएको सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिएका हुन् ।