पाँचौँ राष्ट्रपति रनिङ शिल्ड मन्थली माविले जित्यो, ९ वटा स्वर्ण जित्दै तामाकोशी बोर्डिङ दोस्रो

| माघ २८, २०७९ शनिबार

A A A
A A A

२८ माघ, रामेछाप । पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि यो वर्ष पनि मन्थली माविले उचालेको छ । २१ वटा माद्यामिक विद्यालयलाई लगातार पाँचौ पटकपछि पार्दै मन्थली माविले उपाधि उचालेको हो । 

 

यो वर्ष माविले २१ वटा स्वर्ण, १४ रजत र १८ कास्य पदक जित्तै प्रथम बनेको हो । योसँगै मन्थली माविले नगद २० हजार सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हाँसिल गरेको छ ।  यो वर्ष मन्थली माविले गत वर्षको भन्दा कम स्वर्ण पदक जित्दै वर्चस्व कायम राखेको हो । 

 

त्यस्तै सदरमुकाम मन्थलीमै सञ्चालित निजी क्षेत्रको विद्यालय तामाकोशी बोर्डिङ स्कुलले ९ वटा स्वर्ण, १३ वटा रजत र १२ वटा कास्य पदक जित्दै दोस्रो बनेको छ । उसले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । 

तृतीय बनेको मन्थली बजार क्षेत्र भन्दा बाहिरको सरकारी विद्यालय रुद्रक्षेश्वार माविले ६ वटा स्वर्ण, ७ रजत र ५ कास्य पदक जितेको छ । उसले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । मन्थली नगरपालिकाले आयोजना गरेको नगर स्तरीय रनिङ शिल्डको पुरस्कार राशीमा सबैमा नियम अनुसार कर कटाएर हस्तान्तरण गरेको नगरको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सौभाग्य न्यौपानेले उद्घोष गरे । 

जिल्ला समन्वय समिति पछाडि रहेको मैदानमा नगरपालिका प्रमुख लब श्रेष्ठले पुरस्कार प्रदान गरे । शनिवार आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले खेल सप्ताहलाई सफल पारेकोमा सबैलाई बधाई दिए । 

 

५० वटा स्वर्ण पदको लागि नगरपालिका भित्रका २२ वटा माध्यमिक विद्यालयहरूले तीन दिन भलिबल, ऐथ्लेटिक्स, कबडी, तेक्वान्दो, उसु र कराते विधामा प्रतिस्पर्धा गरेका थिए ।