मन्थली अस्पताल दोस्रो वर्षमाः फिजियो थेरापी र डेन्टल सेवा पनि सुरु, रिपोर्ट अब मोबाइलमै हेर्न मिल्ने

| माघ २८, २०७९ शनिबार

उत्सवको अवसरमा समूहीक तस्बिर खिचाउँदै अस्पतालका कर्मचारी, तस्बिर सरू श्रेष्ठको फेस्बुकबाट साभार ।
A A A
A A A

२८ माघ, रामेछाप । मन्थली अस्पतालले शनिवार आज विभिन्न कार्यक्रम गरी दोस्रो वार्षिक उत्सव मनाएको छ ।  जिल्ला सदरमुकाम स्थित मन्थली नगरपालिका मातहतको यो अस्पतालले वार्षिक उत्सवको अवसरमा कर्मचारी सम्मान सहित म्याराथन प्रतियोगिता लगायत स्वास्थसंग जोडिएका अस्पतालको सेवा सुचारु गरी दिवस मनाएको अस्पतालका प्रमुख डाक्टर समीर क्षेत्रीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हामीले स्थापनाको अवसरमा अस्पतालबाट प्रवाह हुने सेवालाई थप छिटो छरितो, प्रभावकारी बनाउने उद्देश्यले फिजियो थेरापी र डेन्टल सेवा सुचारु गरेका छौँ ।’

 

त्यस्तै अस्पतालको सेवालाई प्रविधिसँग जोड्दै अगाडि बढ्ने हेतुले अबदेखि बिरामीको रिपोर्ट मोबाइलमै हेर्न मिल्ने सुविधा ल्याएको डाक्टर क्षेत्रीले बताए । ‘मोबाइलमै रिपोर्ट हेर्न मिल्छ । अब रिपोर्टकै लागि भनेर अस्पताल धाउनु पर्दैन ।’

 

हाल सुत्केरीहरूको अप्रेसन विधिबाट समेत बच्चा निकाल्न/जन्माउने काम गर्दै आएको यो अस्पतालले शनिवारसम्म कूल १७ जनाको अप्रेसन विधिबाट बच्चा सफलता पूर्व निकालिएको डाक्टर क्षेत्रीले बताए । अत्यावश्यक मेजर सर्जरी दुई जना महिलाको गरिएको छ । ‘स्तनमा पिप जमेका दुई महिलाको पनि सफल अप्रेसन गरिएको छ ।’

जिल्लाभरिको पोस्ट माट्म लगाएका २४ घण्टा सेवा दिँदै आएको यो अस्पताललाई एक दिनमा करिब ५० हजार बारबरको औषधि आवश्यक पर्दछ । तर, सरकारी टेन्डरबाट औषधि खरिदमा झमेला हुँदा समस्या पर्ने गरेको उनी सुनाउँछन् । 

 

एक जना एमडिजीपी एन्ड इमर्जेन्सी फिजिसियन डक्टर सहित कूल तीन डक्टर (२ जना मेडिकल अफिसर) बाट सेवा दिँदै आएको अस्पताललाई तत्काल सुविधा सम्पन्न भवन भए यहाँ सबै रोगको उपचार गर्न सकिने उनले बताए । ‘जनशक्ति पनि केही कम छ । तर, त्यसको लागि नगर र समितिले काम गरिरहेकाले प्रदेशबाट पदपूर्ति चाँडै हुँदै छ । अति आवश्यक भनेको भवन नै हो । यो भवन बन्नु पर्छ ।’ 

 

दिवसको अवसरमा अस्पतालले मन्थली स्थित भैसेश्वर चोक देखि भुत्याहा खोला स्थित तामाकोसी नदीको पुल सम्म खुल्ला म्याराथन दौड प्रतियोगिता पनि गरेको छ । म्याराथुनमा महिला पुरुष गरी कूल ४७ जनाले भाग लिएका थिए । जसमा सहभागी सबैलाई प्रमाणपत्र दिइएको छ । भने, पुरुष तर्फ सुशील कार्की प्रथम, शुजल तामाङ द्वितीय र भरत दरराल तृतीय हुनेलाई नगद क्रमशः २ हजार, १ हजार र पाँच सय पुरस्कार प्रदान गरिएको छ । 

म्याराथुन खेलमा सहभागी अतिथिहरु । 

त्यस्तै महिला तर्फ शान्ता भुजेल प्रथम, सपना पौडेल द्वितीय र मिङ्मार शेर्पा तृतीय भएका छन् । उनीहरूले पनि समान पुरस्कार जितेको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउनको लागि भूमिका खेल्दै आएका कर्मचारीलाई प्रोत्साहन गर्न भन्दै तीन कर्मचारी सम्मानित पनि गरेको छ । जसमा कार्यालय सहयोगी विश्व राम बुढाथोकी र मखमली माझी प्रमाणपत्रले सम्मानित भएका छन् । सेकुरेटी गार्ड चन्द्र बहादुर मानन्धरलाई पनि सम्मान गरिएको डाक्टर क्षेत्रीले रामेछाप टाइम्सलाई बताए । 

 

रामेछाप सहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका बिरामीहरूको समेत उपचार प्राथमिक अस्पताल हुँदा देखि नै गर्दै आएको छ । विगतमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको मन्थली अस्पताल २०७८ माघ २७ तत्कालीन नगरप्रमुख रमेशकुमार बस्नेतको पहलमा १५ शय्याको ‘मन्थली अस्पताल’ को रूपमा स्तर उन्नति भएको थियो । 

 

जिल्ला अस्पताल पुरानो सदरमुकाम रामेछाप डाँडामा भइदिँदा यहाँका बिरामीलाई अपायक पर्दै आएको छ । यसले गर्दा सबैको सहज पहुँच सजिलै हुने गरी मन्थलीमै सुविधा सम्पन्न अस्पतालको अभाव खर्किँदै आएको छ । जसलाई मेटाउनको लागि मन्थली अस्पताल लागि पर्दै आएको नगरपालिकाको भनाई छ ।

 

फलस्वरूप गत २०७८ साल १० भदौमा मन्थली नगरपालिकाले १५ बेडको सुविधा सम्पन्न ‘मन्थली अस्पताल’ निर्माणको कार्य अगाडि बढाइएको छ । तर, काम जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगर्दा निर्माणको काम भने लामो समय ठप्प रह्यो । केही हप्ता अगाडि देखि बल्ल ठेकेदार आएर काम थालेको छ ।