खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ रामेछाप शाखाको अध्यक्षमा पुनः कार्की, सचिवमा बोहोरा

| माघ २९, २०७९ आइतबार

A A A
A A A

२९ माघ, रामेछाप । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ रामेछाप शाखाको अध्यक्षमा लेखबहादुर कार्की पुनः दोहोरिएका छन् । 

 

महासङ्घको तेस्रो जिल्ला अधिवेशनबाट पुनः कार्कीको अध्यक्षतामा सात सदस्यीय समिति पुनर्गठन भएको नवगठित महासंघका अध्यक्ष कार्कीले जानकारी गराएका छन् । 

 

सर्वसहमितिमा गठित समितिको उपाध्यक्षमा सिताकुमारी घिमिरे (सुवेदी) चयन भएकी छन् । भने, सचिवमा सुवास बोहोरा र सहसचिवमा कृष्णबहादुर बस्नेत चयन भए । 

 

आइतवार सम्पन्न कार्यसमिति पुनर्गठन कार्यक्रममा कोषाध्यक्षमा शान्ति श्रेष्ठले जिम्मेवारी पाएकी छन्  । 

 

केन्द्रीय सदस्य दुर्गाबहादुर श्रेष्ठको उपस्थितिमा भएको समिति गठनमा केशवकुमार रोका, कृष्णप्रसाद पौडेल, सावित्रा केसी, पवित्रा सापकोटा, गोमा सुवेदी, जहानसिं खत्री र नेत्रबहादुर केसी सदस्यमा चयन भएका छन् ।