कोरियाको राम्रो आम्दानी छोडेर गाउँमै मेवा खेतीबाट मनग्य आम्दानी लिँदै खाँडादेवी गाल्पाका तामाङ (भिडिओसहित)

| फागुन १, २०७९ सोमबार

A A A
A A A

१ फागुन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका एक युवाले वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै व्यवसायीक मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । वडा नं ८ गाल्पा स्थित कालेमानेका जनकलाल तामाङले विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको चपेटाले आक्रान्त बनेपछि सात वर्षको दक्षिण कोरियाको बसाइबाट गाउँ फर्किएर अहिले व्यावसायिक खेती गरेका तामाङले राम्रो आम्दानी गर्न थालेका हुन् । उनले दुई जनालाई रोजगारी समेत दिएको तामाङले बताए ।

 

‘अहिले दुई जना काम गर्ने छन् । आम्दानी राम्रै छ । बजारको पनि समस्या छैन । तर, बिचौलियाले भने केही समस्या पारेको छ ।’ भाडामा लिएको सहित करिब ३८ रोपनी जग्गामा सुरु गरेको व्यवसायी मेवा खेतीले अहिले तामाङ गाउँमै खुसी देखिन्छन् । वैदेशिक रोजगारीमा तामाङले साँढे दुई लाख रुपैयाँसम्म कमाउँथे ।

 

छुट्टिएका आएका उनी कोरोना महाकारी रोकथामका लागि लगाइएको देशव्यापी लकडाउनको कारण कोरिया फर्किन पाएनन् । पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ सहित स्थलगत अनुगमनको लागि मेवा बंगैचा पुगेका टिमसँग कुरा गर्दै विदेश फर्किन नपाएर बेरोजगार भएपछि आफूले आफ्नो र दाजुभाइ सहितको जग्गामा मेवा खेती सुरु गरेको सुनाए ।

 

करिब दुई वर्ष अगाडि सुरु गरेको मेवा खेती यती बेला लटरम्मै फेलका छन् । भने, बिक्री वितरण पनि गर्न थालिसहेका छन् । उनी भन्छन् ‘दाजुभाइको भाडामा लिएको सहित अहिले ३८ रोपनी जग्गा लगाएको छु । अब यसलाई विस्तार अझै ३० रोपनीमा विस्तार गर्ने योजना छ । एक बोट मेवालाई सबै गरेर करिब ७ सय जति लगानी परेको उनको भनाई छ । 

 

अहिले ६०/६५ रुपैयाँ केजीमा मेवा बिक्री हुने गरेको छ । अहिले सम्म कुनै पनि सरकारको आँखामा नपरेका तामाङले आफ्नै आम्दानीबाट यति सम्म गर्न सकेको सुनाए । ‘अहिले सम्म स्थानीय सरकार वा कसैसँग पनि समन्वय गरेको छैन । मलाई त्यो थाहा पनि भएन । अब केही होलाकी ।’ 

 

एक बोटबाट झन्डै ३० देखि ४० केजी सम्म मेवा फल्ने गरेको छ । ‘रोग कीराले सताएन, राम्रो भयो भने, रोपेको वर्ष एउटा बोटबाट ३५ देखि ४० किलोसम्म उत्पादन हुन्छ । त्यसपछि तीन वर्षसम्म उत्पादन बढ्दै जान्छ । उत्पादित मेवा बारीबाटै ४० देखि ५० रुपियाँ प्रतिकेजी बिक्री हुन्छ ।’