मन्थलीको सुनारपानीमा च्याउ खेती सम्बन्धि तालिम सुरु

| फागुन ३, २०७९ बुधबार

च्याउ खेती गर्न टनेल तयारी गर्दै सहभागीहरु । तस्बिर स्रोत रवीन कार्की (नवीन)
A A A
A A A

३ फागुन, रामेछाप । मन्थली नगरपालिकाको सुनारपानीमा च्याउ खेती सम्बन्धी दुई महिने तालिम सुरु भएको छ । यो तालिम लिएर च्याउ उत्पादन गर्न सक्ने बताउने वडाको तयारी छ । 

 

गत सोमबार देखि नगरपालिकाको वडा नं ५ सुनारपानीको सहकार्यमा मन्थली स्थित रामेछाप बहुप्रविधिक शिक्षालयको सहजिकरणमा दुई महिना बढी सम्म सञ्चालन हुने तालिम सुरु भएको वडा अध्यक्ष रवीन कार्की (नवीन) ले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘६५ दिने तालिम सुरु भएको हो । हामी उत्पादन गरेरै मात्रै छोड्ने तयारीमा छौँ । सहभागिता राम्रो छ । त्यसको लागि काम सुरु भएको हो ।’

 

वडाका २० जनाको सहभागितामा सुरु भएको तालिमले बजारमा राम्रो माग हुँदै आएको च्याउ खेती गर्न सिकाइने छ । हाल जिल्लामा राम्रो माग हुँदै आएको च्याउ तराइका जिल्लाबाट आयात हुँदै आएको छ । 

 

मन्थली बजारबाट नजिकै र सडकको सुविधा समेत राम्रो भएको सुनारपानीमा च्याउ खेती गर्न सके त्यहाँ किसानले राम्रो आम्दानी गर्न सक्ने छन् । 

 

त्यस्तै वडाले पछिल्लो समय विभिन्न तालिम सहित विद्यालय सुधारका कार्यक्रम, छलफल, बिद्यार्थीहरुको स्वास्थ्य जाँच लगायतका काम गर्दै आएको अध्यक्ष कार्कीले बताए ।