‘दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ बुधवारदेखि लिखु तामाकोशीको सैपुमा हुने, तयारी तिब्र

| फागुन ४, २०७९ बिहिबार

अरुणोदय माविको खेलमैदान, तस्बिर फाइल ।
A A A
A A A

४ फागुन, रामेछाप । ‘दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता २०७९ लिखु तामाकोशी गाउँपालिकाको सैपुमा हुने भएको छ । 

 

आउँदो फागुन १० गते बुधवारदेखि १२ गते शुक्रवार सम्म हुने प्रतियोगितामा आठ स्थानीय तहका १–१ टिम गरी कूल आठ टिमको सहभागिता रहने रामेछाप जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख अर्जनु कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।  

 

०७४ साल यता कोरोना महामारीले हुन नसकेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो पटक भने हुने लागेको हो । विगतका वर्षहरूमा सदरमुकाम केन्द्रित हुँदै आएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड यो वर्ष लिखु तामाकोशी गाउँपालिका गर्न चासो देखाएकाले त्यहाँ गर्न लागेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कार्कीले बताए । ‘सबै पालिकामा सहमतिमा खेलाउने भन्ने यसको नीति नै हो । त्यसैले यो वर्ष लिखु तामाकोशीले गर्न चासो देखाएकाले त्यहाँ गर्न लागेका छौँ ।’

 

जिल्लाका सबै स्थानीय तहमा खेलको लागि पर्याप्त पूर्वाधार छैन समस्या र चुनौती छ । र, पनि त्यहाँको वडा,पालिका र जिल्ला खेलकुद पनि लागेकाले सफल पार्छौँ प्रमुख कार्कीले भने । विभिन्न उपसमितिहरू गठन गरेर खेलको तयारी तीव्र पारेको कार्कीले बताए ।  

भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, उसु र कराँते गरी ६ विधामा महिला र पुरुष दुवैको प्रतिस्पर्धा हुने छ । 

 

स्वास्थ्यका लागि खेलकुद: राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराको साथ वडा कार्यालय सैपु र अरुणोदय मा.विको व्यवस्थापन, लिखु तामाकोशी गाउँपालिकाको सह आयोजना र रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेल हुन लागेको हो । 

 

खेलमा प्रथम हुनेले राष्ट्रपति रनिङ शिल्ड जित्ने छ । भने, प्रथम, द्वितीय र तृतीय हुनेले ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । 

 

‘नगद पुरस्कार बजेट अभाव रहेकाले अहिले ‘फिक्स’ भएको छैन । बजेट जुटेसम्म त्यसपछि थाहा हुन्छ, कार्कीले भने ।’ उत्कृष्ट खेलाडीलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्ने उनले बताए ।