सुनापतिमा भएको अन्तरपालिका स्तरीय भलिबलको उपाधि गोकुलगंगालाई, लिखु तामाकोशी दोस्रो

| फागुन ४, २०७९ बिहिबार

A A A
A A A

४ फागुन, रामेछाप । सुनापती गाउपालिका वडा नं २ दिमिपोखरीमा आयोजित खुल्ला अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि गोकुलगंगा गाउँपालिकाले उचालेको छ । गोकुलगंगाले लिखु तामाकोशी गाउँपालिकालाई २५–१३, २८–२६ र २५–१५ ले जितेको खेल संयोजक सुदीप केसीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

योसँगै गोकुलगंगाले प्रथम पुरस्कार नगद २ लाख सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । भने, द्वितीय बनेको लिखु तामाकोशी गाउँपालिकाले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ। 

 

आयोजकको एक टिम सहित ९ टिम सहभागी तीन दिने पुरुष भलिबल प्रतियोगितामा २५–२३, २५–१८, र २५–२७ ले दोरम्बा शैलुङ् गाउँपालिकालाई हराउँदै खाँडादेवी गाउँपालिकाको टिम तेस्रो भएको छ । उसले तेस्रो पुरस्कार नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको केसीले जानकारी गराए । 

 

दोरम्बा शैलुङ्गले सान्त्वना पुरस्कार २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बागमती खेलकुद परिषद् समितिका सदस्य सचिव सूर्यलाल भण्डारी, राष्ट्रिय भलिबल अध्यक्ष जितेन्द्र बहादुर चन्द्रको उपस्थितिमा प्रदान गरे । 

 

त्यस्तै विभिन्न उत्कृष्ट खेलाडीहरूलाई पनि नगद सहित पुरस्कार प्रदान गरिएको छ । जसमा वेस्ट स्पाइकर, वेस्ट लिफ्टर, बेष्टड डिफेन्डर, वेस्ट बल्करलाई नगद ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको केसीले बताए ।