रामेछापको वादीमा आगोले घर र गोठ जलेर पीडित परिवारलाई नगरले प्रदान गर्‍यो राहात

| फागुन ४, २०७९ बिहिबार

A A A
A A A

४ फागुन, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा न ८ वादीमा आगोलागिमा परेको पीडित परिवारलाई नगरपालिकाले राहत प्रदान गरेको छ । साथै रामेछाप नगरपालिका नजिकै बजारको जङ्गलमा पनि आगो लागेको छ । 

 

बिहीबार बिहान आगो लाग्दा वादीका जितबहादुर हायुको घर र गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो । आगो लागिको कारण नखुले पनि बालबालिकाले आगो खेलाउँदा सल्किएको दाबी गरिएको छ । 

आगो नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो । सोही आगो लागिमा परी हायुको घरको धनमाल, खाद्यान्न, लत्ता कपडा लगायत घरको सबै सामाग्री जलेर नष्ट भएपछि पीडित परिवारलाई नगरकी उपप्रमुख बालकुमार कार्की र वडा अध्यक्ष सन्तोष तामाङ सहितको टोलीले तत्कालको लागि केही राहत उपलब्ध गराएको उपप्रमुख कार्कीले जानकारी दिइन् । ‘तत्कालको लागि दाल, चामल, ओढ्ने–ओछ्याउने कपडा प्रदान गरिएको छ उपप्रमुख कार्कीले भनिन् ।’

राहात सामाग्री प्रदान गर्दै उपप्रमुख बालाकुमार कार्की, तस्बिर स्रोत कार्कीको फेस्बुक । 

पीडित हायुको जलेको घरमै पुगेर राहत सामाग्री प्रदान गर्दै घटना प्रति दुःख व्यक्त गरेकी छन् । बिहीबार आजै जिल्ला वन कार्यालय नजिकको जङ्गलमा पनि डढेलो लागेको थियो । रामेछाप बजार नजिकैको जङ्गलमा आगो लागेपछि नेपाली सेना, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।