रामेछाप देउरालीका पूर्व सैनिक टलक बहादुर कार्की नेपाली सेनाबाट सम्मानित

| फागुन ५, २०७९ शुक्रबार

A A A
A A A

५ फागुन, रामेछाप । रामेछाप देउरालीका पूर्व सैनिक टलक बहादुर कार्की नेपाली सेनाको २६० औँ वार्षिकोत्सव तथा महाशिवरात्रि २०७९ को अवसरमा सम्मानित भएका छन् । 

 


बिहीबार आयोजित एक कार्यक्रममा प्रधान सेनापति उत्कृष्ट प्राकृतिक प्रकोप उद्धार कार्यक्रममा महारथी प्रधान सेनापति प्रभुरामले कार्कीलाई  नगद र सम्मान पत्रले सम्मान गरे । 

 

नेपाली काँग्रेस रामेछाप नगरपालिका २ देउरालीका सभापति समेत रहेका कार्की भूतपूर्व सैनिक साकोस मन्थली रामेछापका सचिव, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ रामेछापका निवर्तमान सभापति समेत हुन् । 

नेपाली सेनामा सेवारत रहँदा राष्ट्र, नेपाली तथा संस्थाप्रति सदैव बफादार रहनुका साथै सेवा निवृत्ति पश्चात् पनि नेपाली सेनाप्रति अटल विश्वास, आस्था एवं सद्भावका लागि धन्यवादको पात्र रहेको भन्दै कार्कीलाई सम्मान गरिएको हो । 

 

कार्कीले नेपाल रेडक्रस सोसाइटी रामेछापसँग सहकार्य गरी बाढी पहिरो, आगलागी, २०७२ सालको भूकम्प र कोभिड–१९ को महामारी जस्ता उदार कार्यका खटिएर प्रेरणा दायी र उदाहरणीय योगदान गरेकोमा उनी सम्मानित भएका हुन् ।