रामेछापमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

| फागुन ५, २०७९ शुक्रबार

फाइल फोटो ।
A A A
A A A

५ फागुन, रामेछाप । रामेछापमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शुक्रवारदेखि सुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको खेलको बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठ ‘बिगुल’ले उद्घाटन गरेका छन् । 

 

नगरभित्रका १३ वटै माद्यामिक विद्यालयहरूको सहभागितामा तीन दिन सम्म चल्ने प्रतियोगिता वडा नं ८ स्थित टुँडिखेलमा सञ्चालन हुने छ । 

 

भलिबल, कबड्डी,सर्ट फुट, उसु र ज्याबलिङ थ्रो लगायतका खेलहरूमा विद्यालयका छात्रा र छात्रले सहभागिता जनाएका छन् । 

 

प्रतियोगिताको उद्घाटन गर्दै सांसद श्रेष्ठले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीको प्रतिस्पर्धाको भावना जागृत गराउन राष्ट्रपति रनिङ शिल्डको विशेष महत्त्व रहेको बताए । 

 

त्यस्तै नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले प्रतियोगिताले विद्यालय तहमै विद्यार्थीमा खेल प्रतिको रुचि बढाउन भूमिका खेलेको बताए । उनले विद्यार्थीहरूको क्षमता पहिचान गर्न सहयोग पुग्ने र उनीहरूको वृद्धि विकासमा पनि महत्त्वपूर्ण रहेको स्पष्ट पारे ।