घाँस काट्न जाँदा भिरबाट लडेर ठोसेमा एकको मृत्यु

| फागुन ६, २०७९ शनिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

६ फागुन, रामेछाप । घाँस काट्न जाँदा भिरबाट लडेर गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा एक जना पुरुषको ज्यान गएको छ । उनको घटना स्थलमै ज्यान गएको हो । 

 

ज्यान गुमाउनेमा सोही ठाउँका अन्दाजी ४७/४८ वर्षीय हेमराज नकर्मी रहेको स्थानीय एवं सोही वडाका पूर्व वडा अध्यक्ष शेखर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘घाँस काट्न जानु भएको रहेछ । दिउँसो करिब १ बजे तिर लडेर टाउको फुटेको अवस्थामा एक डेढ घण्टापछि स्थानीयहरूले देखिछन् श्रेष्ठले भने ।’ 

 

उनलाई भिरबाट लडेर ज्यान गइसकेको अवस्थामा फेला पारिएको चुचुरेका पूर्व वडा अध्यक्ष मणिकुमार लामाले पनि रामेछाप टाइम्सलाई बताए ।  

 

मृत अवस्थामा भेटिएका नकर्मीको शवलाई प्रहरीको रोहबरमा उठाइएको छ ।