तिल्पुङ्मा विद्युत् सर्ट भएर घरमा आगो लाग्यो

| फागुन ६, २०७९ शनिबार

A A A
A A A

६ फागुन, रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङमा आगो लागी भएको छ । आगोलागिमा परि घरायसी सामान जलेर नष्ट भएको छन् । 

 

वडा नं ७ तिल्पुङ्मा भागे शिवहरि पौडेलको घरमा विद्युत् सर्ट भएर आगो लागेको स्थानीय एवं सोही वडाका पूर्व वडा अध्यक्ष सुवास बोहोराले जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘तिल्पुङ भागे शिवहरि पौडेलको घरमा बिधुत सर्टभै आगलागी भएको छ ।’ उनका अनुसार आगो शनिवार आज साँझ लागेको हो । 

 

पौडेलको घरमा बिधुत सर्ट भएर लागेको आगो नियन्त्रणमा आएको जनाइएको छ । आगो लाग्दा घरभित्रको सिरक, डस्ना खाट जलेर नष्ट भएको छ । भने, मानवीय क्षति नभएको बोहोराले जानकारी दिए । 

 

आगोलागिमा भएको क्षति र घटनाको थप विवरण आउन बाँकी छ ।