गोकुलगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रस्नालुलाई, सारादा मावि ठोसे दोस्रो

| फागुन ८, २०७९ सोमबार

A A A
A A A

८ माघ, रामेछाप । गोकुलगंगा गाउँपालिकामा सम्पन्न ‘तेस्रो राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उपाधि वडा नं ३ रस्नालुले जितेको छ । आइतबार सम्पन्न खेलमा रस्नालुको गोकुलगङ्गा माविले ९ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै राष्ट्रपति रनिङ शिल उचालेको हो । रस्नालुले शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

 

त्यस्तै वडा नं २ को सारादा मावि ठोसेले ५ स्वर्ण, ७ रजत र ६ कास्य सहित दोस्रो हुँदै ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।वडा नं ४ बेतालीको जनजागृति माविले ५ स्वर्ण, ४ रजत ४ ४ कास्य सहित तेस्रो स्थान कायम गरेको छ । उसले पनि ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

 

नमाडीको कमलादेवी माविले ४ स्वर्ण, ३ रजत, र २ कास्य पदक जित्दै सान्त्वना भएको छ । विजयी खेलाडीहरूलाई सोही पालिकाका स्थानीय समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले पुरस्कार प्रदान गरे । 

 

राति अबेर सम्म भएको कार्यक्रममा समय अभाव भएको भन्दै सांसद तामाङ हिँडेपछि पुरस्कार वितरणलाई बिचैमा छोडेर हिँडेपछि पालिका अध्यक्ष काजीबहादुर खडका (दिनेश) ले बाँकी पुरस्कार हस्तान्तरण गरे । यो पुरस्कार वितरणमा रोचक चैँ के भएको छ ? भने पालिका अध्यक्षले पनि पुरस्कार वितरणलाई बिचैमा छोडेर हिँडेका छन् । कारण हो ? समय अभाव । 

 

पालिका अध्यक्ष हिँडेपछि पालिका उपाध्यक्ष उषा कार्की (बस्नेत) ले हस्तान्तरण गरेकी थिइन् । गत बिहीबार वाट सुरु भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका सबै माविले सहभागिता जनाएको छन् । 

 

गत बिहीबार बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठ (बिगुल) ले खेलको उद्घाटन गरेका थिए ।