जिल्ला अस्पताल रामेछापमा उपचाररत काेराेना संक्रमितहरुलाई फलफूल

| जेठ ६, २०७८ बिहिबार

फाेटाे सजाेर श्रेष्ठबाट प्राप्त
A A A
A A A

०६ जेठ, रामेछाप । रामेछापकाे रामेछाप नगरपालिकामा काेराेना संक्रमण भएर बसेकाहरुलाई फलफूल तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । 


काेराेना संक्रमण भएर जिल्ला अस्पतालमा उपचाररत बिरामीहरुलाई कालि देवी सेवा समाज (केडिएसएस) ले फलफूल तथा स्वास्थ्य सामाग्री प्रदान गरेकाे संस्थाका अध्यक्ष सराेज श्रेष्ठले  रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार जिल्ला अस्पताल रामेछापमा काेराेना भाइसर संक्रमण भएर उपचार गराइ रहेका तथा आइसाेलेसनमा बसेका १४ जनालाई विभिन्न फलफूल, हात र लुगा धुने साबुन, स्वास्थ्य लाभ लेखिएको पत्र, प्रदान गरिएको हाे । त्यस्तै उनीहरुकाे स्वास्थ्यजाँच पनि गराइएको उनले बताए  । 


नेपाल विद्यार्थी संघ रामेछापका नेता समेत रहेका श्रेष्ठले ब्यतिगत खर्चमा संक्रमितहरुलाई हाैसला प्रदान हाेस् भन्ने उदेश्यले साे सामाग्री उपलब्ध गराएको बताएका छन् । 

श्रेष्ठले काेराेना संक्रमितहरुकाे स्वास्थ्य लाभकाे कामना गरेका छन् भने भाइरसका कारण ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली ब्यक्त गरे । उनले जिल्लामा काेराेना तिवृ गतिमा फैलिएको भन्दै सबै सुरक्षित हुन आग्रह गरे । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार