‘प्रथम नगर कप’को उपाधि मन्थली-१ ले जित्यो, १४ फुलासी दोस्रो (भिडिओसहित)

| फागुन ९, २०७९ मंगलबार

A A A
A A A

९ फागुन, रामेछाप । मन्थली नगरपालिकामा भएको ‘प्रथम नगर कप’ वडा नं १ मन्थलीले जितेको छ । १४ वटाबाट सहभागी भएका १–१ टिमलाई पछि पार्दै आज मन्थली–१ ले उपाधि जितेको हो । उसले जिल्ला समन्वय समितिको पछाडिको मैदानमा भएको खेलमा नगरकै वडा नं १४ फुलासीलाई २५–२१,२५–२२ र २५–१७ ले हराए नगर कपको शिल्ड उचालेको हो । 

 

विजेता बनेको मन्थली प्रथम पुरस्कार १ ले नगद एक लाख सहित नगर कपको शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । विजेता खेलाडीहरूलाई नगर प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँले पुरस्कार प्रदान गरे । 

त्यस्तै १४ फुलासीले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । तीन दिन सम्म चलेको ‘प्रथम नगर कप’ मा वडा नं ७ भटौली तृतीय बनेको छ । उसले वडा नं ४ सालुलाई रोमाञ्चक खेलमा हराएको हो । 

 

जसअनुसार तेस्रो बनेको भटौलीले नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । सान्त्वना भएको सालुले नगद ३० हजारमा चित्त बुझाएको छ ।

नगरपालिकाले प्रदान गरेको सबै पुरस्कार राशीमा कर कटाएर पुरस्कार दिएको छ । विगतका वर्षहरूमा मेयर कप नाम बाट हुँदै आएको यो रनिङ शिल्ड यो वर्षदेखि नगर कप भएको हो । 

 

लगातार तीन वर्ष सम्म एकै टिमले जितेमा शिल्ड उसैको हुने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताए ।